भिल्लामा सान्चोको पहिलो गोल
-1769135013864.webp&w=3840&q=75)
काठमाडौं। जेडन सान्चोले एस्टन भिल्लाका लागि पहिलो गोल गर्दै आफ्नो नयाँ क्लबलाई फेनरबाचेविरुद्ध १–० को जित दिलाएका छन्। यस जितसँगै एस्टन भिल्ला एक खेल बाँकी रहँदै युरोपा लिगको अन्तिम १६ चरणमा प्रवेश गरेको छ।
बिहीबार भएको खेलमा सान्चोले म्याटी क्यासको डिफ्लेक्ट भएको क्रसमा उत्कृष्ट फिनिस गर्दै निर्णायक गोल गरेका थिए। सान्चो सेप्टेम्बरमा म्यानचेस्टर युनाइटेडबाट सिजनभरका लागि लोनमा भिल्लामा आएका हुन्।
यता, लियोनले बर्नमा योङ ब्वाइजलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो। फ्राइबर्ग पनि माकाबी तेल अभिभलाई समान १–० को नतिजामा हराउँदै अन्तिम १६ मा पुग्यो।
लिग चरणमा एक खेल बाँकी रहँदा लियोन र एस्टन भिल्ला दुवै १८ अंकसहित शीर्ष स्थानमा छन्। दुवैले ६ जित र १ हार बेहोरेका छन्। फ्राइबर्ग भने १७ अंकसहित तेस्रो स्थानमा रहेको छ।
च्याम्पियन्स लिगझैं युरोपा लिगमा पनि शीर्ष आठ टोली आठ खेलपछि सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन्। नवौंदेखि २४औं स्थानसम्मका टोलीले दुई खेलको प्लेअफ खेल्दै अर्को चरणमा पुग्नुपर्ने व्यवस्था छ।
एस्टन भिल्लाका प्रशिक्षक उनाई एमरीले कप्तान जोन म्याकगिन र डिफेन्सिभ मिडफिल्डर बुबाकर कामारासहित थुप्रै घाइते खेलाडीको अभावका बीच टोलीको नेतृत्व गरेका थिए।
उल्लेखनीय छ, एमरीले सेभिल्ला र भिल्लारियलका प्रशिक्षक रहँदा चार पटक युरोपा लिगको उपाधि जितिसकेका छन्।






-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)



-1769086635000.jpeg&w=3840&q=75)

