च्याम्पियन्स लिगमा लेवान्डोव्स्कीको लगातार गोलको कीर्तिमान

काठमाडौं। बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने कीर्तिमान कायम राखेका छन्।
बुधबार भएको खेलमा स्लाभिया प्रागविरुद्ध दोस्रो हाफमा गरेको गोलसँगै उनले यो उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्।
३७ वर्षीय पोल्यान्ड अन्तर्राष्ट्रिय खेलाडीले ७१औं मिनेटमा निर्णायक गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए। पहिलो हाफमा ४४औं मिनेटमा भएको उनको आत्मघाती गोलका कारण खेल २–२ को बराबरीमा पुगेको थियो।
च्याम्पियन्स लिग इतिहासमा लिओनल मेसी र करिम बेन्जेमाले लगातार १८ सिजन गोल गरेका छन् भने क्रिस्टियानो रोनाल्डोले १६ सिजनसम्म यो उपलब्धि हासिल गरेका छन्।
खेलपछि लेवान्डोव्स्कीले भने,‘अन्ततः पहिलो गोल आयो। अब यो अझ सजिलो हुने आशा छ।’ उनी यस सिजन बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा छैटौं खेल खेल्दै थिए।
लेवान्डोव्स्की सन् २०२२ मा बायर्न म्युनिखबाट बार्सिलोना आएका हुन्। उनले च्याम्पियन्स लिगमा पहिलो गोल सन् २०११ मा गरेका थिए। बुधबारको गोलसँगै उनले प्रतियोगितामा लगातार १६ क्यालेन्डर वर्ष गोल गरेको तथ्यांक पनि थपिएको छ।
युईएफए प्रतियोगिताहरूमा लेवान्डोव्स्कीले हालसम्म ११४ गोल गरिसकेका छन्। उनी सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा छन्। यस सूचीमा मेसी १३२ गोलसहित दोस्रो र रोनाल्डो १४५ गोलसहित पहिलो स्थानमा छन्।






-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)

-1769057641365.jpeg&w=3840&q=75)


