रियलको गोलको वर्षा

काठमाडौं। नयाँ प्रशिक्षकको नेतृत्वमा च्याम्पियन्स लिगको खेलमा उत्रिएको रियल मड्रिडले गोल वर्षा गर्दै मोनाकोमाथि ६–१ को सानदार जित निकालेको छ।
मंगलबार राति सान्टियागो बर्नाबेउमा भएको खेलमा किलियन एमबाप्पेले दुई गोल गरे। भिनिसियस जुनियरले एक गोलसँगै दुई असिस्ट प्रदान गरे। फ्रान्को मास्तान्तुओनो र जुड बेलिङह्यामले एक–एक गोल थपे। मोनाकोका लागि एक मात्र गोल जर्डन टेजेले गरे।
अल्भारो अर्बेलोआको प्रशिक्षणमा पहिलो च्याम्पियन्स लिग खेल खेल्दै रियलले सुरुदेखि नै दबदबा बनायो। खेलको पाँचौं मिनेटमै फेडेरिको भाल्भेर्देको पासलाई पहिलो टचमै गोलमा परिणत गर्दै एमबाप्पेले अग्रता दिलाए। २६औं मिनेटमा उत्कृष्ट काउन्टर–आक्रमणमा भिनिसियसको सहयोगमा एमबाप्पेले दोस्रो गोल थपे।
पहिलो हाफमा मोनाकोले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। दोस्रो हाफको छैटौँं मिनेटमै भिनिसियसको पासमा मास्तान्तुओनोले गोल गर्दै स्कोर ३–० बनाए। ५५औं मिनेटमा टिलो केहरारको आत्मघाती गोलले रियलको अग्रता झन् फराकिलो बन्यो।
६३औं मिनेटमा आर्दा गुलरको पासमा भिनिसियसले शक्तिशाली प्रहार गर्दै व्यक्तिगत गोल गरे। ७१औं मिनेटमा रियलको रक्षात्मक त्रुटीको फाइदा उठाउँदै मोनाकोले एक गोल फर्कायो। तर, ८०औं मिनेटमा बेलिङह्यामले गोल गर्दै ६–१ को जित सुनिश्चित गरे।
यस जितसँगै ७ खेलबाट १५ अंक जोड्दै रियल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ९ अंकसहित मोनाको २०औं स्थानमा छ।






-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)



-1768908116031.jpeg&w=3840&q=75)