प्लानिङ ब्वाइजसँग रोकियो आर्मी
-1768908116031.jpeg&w=3840&q=75)
काठमाडौं। राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ‘ए’ डिभिजन लिगको नवप्रबेसी प्लानिङ ब्वाइज युनाइटेडले बराबरी खेलेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। यस बराबरीसँगै लिगमा दुवै टोलीले चार–चार अंक बनाएका छन्।
खेलको १३औं मिनेटमा आर्मीका जेलेस्पीजंग कार्कीले गरेको प्रहार गोलपोस्ट बाहिरिएको थियो। १९औं मिनेटमा आर्मीका श्रीजनकुमार दानीले हानेको फ्रिकिकलाई अनुभव पुरीले गोलमा परिणत गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्।
३६औं मिनेटमा प्लानिङ ब्वाइजका एलेक्स विलानेले गरेको प्रहारलाई आर्मीका गोलकिपर विकास कुथुले उत्कृष्ट बचाउ गरे। ६४औं मिनेटमा आर्मीका नवीन लामाले गरेको प्रहार प्लानिङ ब्वाइजका गोलकिपर योगेश धामीले गोल हुनबाट जोगाए।
त्यसैगरी ६८औं मिनेटमा प्लानिङ ब्वाइजका रोमन भुजेलले गरेको प्रहार पोस्टको क्रस हुँदै बाहिरियो। खेलको ८९औँ मिनेटमा प्लानिङ ब्वाइजका एलेक्सले पहेंलो कार्ड पाए।











-1768897962219.jpg&w=3840&q=75)
-1768893498186.jpeg&w=3840&q=75)