शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘यस्तो जितभन्दा हार स्वीकार गर्न सजिलो हुन्थ्यो’

मंगलबार, ०६ माघ २०८२खेलपाटी संवाददाता
‘यस्तो जितभन्दा हार स्वीकार गर्न सजिलो हुन्थ्यो’
Loading ad...
mustang rice ad

काठमाडौं। नाटकीय घटनाक्रमले भरिएको अफ्रिका कप अफ नेसन्स (एएफकन) को फाइनलपछि सेनेगलका स्टार खेलाडी साडियो मानेले असन्तुष्टि व्यक्त गरेका छन्। विवादित रेफ्री निर्णयका बीच आएको जितभन्दा हार स्वीकार गर्न सजिलो हुने उनको भनाइ छ।

रेफ्रीको निर्णयप्रति सेनेगल टिमका सबै खेलाडी आक्रोशित देखिएका थिए। मोरक्कोको राबातमा भएको फाइनल खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा प्रवेश गरेको थियो। खेलको निर्धारित समयको अन्त्यतिर ब्राहिम डियाजमाथि फाउल भएको भन्दै कंगोका रेफ्री ज्याँ–ज्याक अन्डालाले भिएआरको सहायतामा मोरक्कोलाई पेनाल्टी दिएका थिए।

उक्त निर्णयपछि सेनेगल टोली आक्रोशित बनेको थियो र केही समयका लागि मैदान नै छाडेर ड्रेसिङ रुमतर्फ गएको थियो। करिब १७ मिनेट खेल रोकिएको थियो। टोलीका सबैभन्दा ठूलो स्टार मानेको आग्रहपछि सेनेगलका खेलाडी पुनः मैदानमा फर्किए।

तर, पेनाल्टीमाडियाजले पानेन्का शैलीमा गरेको प्रहार गोलमा परिणत हुन सकेन। अतिरिक्त समयमा सेनेगलले निर्णायक गोल गर्दै १–० को जित हात पार्‍यो। यससँगै सेनेगलले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जित्यो। यद्यपि, जितपछि पनि सेनेगल क्याम्पमा खुशीभन्दा बढी असन्तुष्टि देखियो।

खेलपछि मानेले भने,‘यसरी फाइनल समाप्त हुनु निकै दुःखद र दुर्भाग्यपूर्ण हो। यस्तो दृश्य संसारभर देखिनु लाजमर्दो कुरा हो। अफ्रिकी फुटबल तीव्र रूपमा अगाडि बढिरहेको छ, यो खेल हाम्रो लागि सम्मानको विषय हो। यस्तो जितभन्दा हार स्वीकार गर्न सजिलो हुन्थ्यो। म त्यसका लागि पनि तयार थिएँ। मैले खेलाडीहरूलाई मैदानमा फर्केर आफ्नो उत्कृष्ट फुटबल देखाउन आग्रह गरेको थिएँ।’

फाइनलको एकमात्र गोलकर्ता पापा गुएय पनि रेफ्रीको निर्णयप्रति निराश देखिए। उनले भिएआरमा गोल रद्द गरिएको र रेफ्रीले गलत निर्णय गरेको आरोप लगाए।

गुएयले भने,‘हामीमाथि अन्याय भयो। रेफ्रीले भिएआर नहेरी हाम्रो गोल रद्द गरे। हामी पनि मानिस हौं, यस्तो व्यवहारले निराश भयौं। साडियो मानेको आग्रहपछि मात्रै हामी मैदानमा फर्कियौं।’ उता, घरेलु मैदानमै ५० वर्षको प्रतीक्षा तोड्दै उपाधि जित्ने सपना अधुरै रहँदा मोरक्कोका खेलाडी र समर्थकहरू गहिरो निराशामा डुबेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

Loading ad...
xTreme Energy Drink
मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो

बार्सिलोनाले छान्यो ५  कप्तान, १९ वर्षीय यमल  पनि सूचीमा

बार्सिलोनाले छान्यो ५ कप्तान, १९ वर्षीय यमल पनि सूचीमा

ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !