आत्मघाती गोल गर्दै चित्लाङले गुमायो २ अंक
-1768893498186.jpeg&w=3840&q=75)
काठमाडौं। चित्लाङ फुटबल क्लबले राष्ट्रिय लिगमा आत्मघाती गोल गर्दै विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरी खेलेको छ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा दुवै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्। लिगमा चित्लाङले दुई खेलबाट चार अंक जोडेको छ भने पुलिसले समान खेलबाट पहिलो अंक हात पारेको छ।
खेलको २७औं मिनेटमा पुलिसका नीरज खड्काले पहेंलो कार्ड पाए। त्यसको केही मिनेटपछि पुलिसका प्रशिक्षकलाई पनि पहेंलो कार्ड देखाइएको थियो।
२९औं मिनेटमा पुलिसका विजय उराँवले लिएको फ्रिकिकमा दीपेन्द्रबहादुर शाहले हेडरमार्फत गोल गर्ने प्रयास गरे पनि बल लक्ष्यमा पुग्न सकेन। ३३औं मिनेटमा चित्लाङका सविन राईले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई पुलिसका गोलकिपर शत्रुधनकुमार चौधरीले उत्कृष्ट बचाउ गर्दै गोल हुनबाट रोके।
खेलको ४०औं मिनेटमा म्याथ्यु बाबाटुन्डे ओलान्रेवाजुले आकर्षक गोल गर्दै चित्लाङलाई अग्रता दिलाए। तर, खेलको ८६औं मिनेटमा चित्लाङका खेलाडीबाट भएको आत्मघाती गोलका कारण पुलिस बराबरीमा फर्किन पायो। त्यसपछि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो।








-1768819663565.jpeg&w=3840&q=75)

-1768897962219.jpg&w=3840&q=75)


