श्रीलंकाकी मलिन्दा हजार विकेट क्लबमा सामेल
मंगलबार, ०६ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। बायाँ हाते स्पिनर मलिन्दा पुष्पकुमारा प्रथम श्रेणी क्रिकेटमा एक हजार विकेट लिने चौथो श्रीलंकाली बलर बनेका छन्। उनीभन्दा अगाडि मुथैया मुरलीधरन (१३७४), रंगना हेराथ (१०८०) र दिनुका हेट्टियाराची (१०००) छन्।
३८ वर्षीय पुष्पकुमाराले श्रीलंकाका लागि अन्तिम पटक २०१८ मा अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनले श्रीलंका मेजर लिग तीन-दिवसीय प्रतियोगितामा बदुरेलिया स्पोर्ट्स क्लबबाट मुर्स स्पोर्ट्स क्लबविरुद्ध खेल्दै यो कीर्तिमान बनाएका थिए ।
पुष्पकुमाराले ९९८ विकेटका साथ खेल सुरु गरे। १३७ रनमा ७ विकेट लिएर आफ्नो टोलीको जितमा इनिङ्स र ४६ रनको महत्वपूर्ण योगदान दिए।
तीन दिने खेलको अन्तिम दिन मुर्सका पासिन्दु सुरियाबन्दरालाई आउट गरेर पुष्पकुमाराले आफ्नो १००० औं विकेट लिए।
पुष्पकुमारा प्रथम श्रेणी क्रिकेटमा एक हजार विकेट लिने २१८ औं बलर बने।










-1768897962219.jpg&w=3840&q=75)
-1768893498186.jpeg&w=3840&q=75)



-1768819663565.jpeg&w=3840&q=75)