एनआरटीको जितमा विज्ञानको २ गोल
-1768819663565.jpeg&w=3840&q=75)
काठमाडौं। हारबाट प्रतियोगिताको सुरुआत गरेको न्युरोड टिम (एनआरटी) ले आफ्नो दोस्रो खेलमा सादोबाटो युथ क्लबमाथि एकपक्षीय जित निकालेको छ। ३–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा एनआरटीले सादोबाटोलाई ३–१ ले पराजित गरेको हो। योसँगै टोलीले ३ अंक जोडेको छ। सातदोबाटोको भने समान २ खेलबाट १ अंक छ।
खेलको सातौं मिनेटमै एनआरटीका विज्ञान खड्काले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि १७औं मिनेटमा तिमोथी चिमेरी ओकेरेकेले एनआरटीको अग्रता दोब्बर बनाए।
३२औं मिनेटमा सादोबाटोका फोडे फोफानाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। ३६औं मिनेटमा सादोबाटोका जगजित श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा फोडे फोफानाले हेडिङमार्फत गोल गर्ने अवसर पाए पनि बल लक्ष्यमा पुग्न सकेन।
७४औं मिनेटमा जगजित श्रेष्ठले हानेको अर्को फ्रिकिकलाई एनआरटीका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गर्दै विफल पारे। ८४औं मिनेटमा एनआरटीका विवेक गुरुङको पासमा ओकेरेकेले प्रहार गरेको बललाई सादोबाटोका गोलकिपर अभिषेक बरालले सानदार बचाउ गरे।
खेलको दोस्रो हाफको इन्जुरी समयमा विज्ञानले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीको जित सुनिश्चित गरे।













-1768813120551.jpg&w=3840&q=75)