मच्छिन्द्रको लगातार जित, मनाङ मर्स्याङ्दीको हार

काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले जारी राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दीलाई २–१ गोल अन्तरले हरायो। यस जितसँगै मच्छिन्द्रले दुई खेलबाट ६ अंक जोडेको छ भने मनाङ मर्स्याङ्दी लगातार दोस्रो हार बेहोर्दै अंकविहीन बनेको छ।
खेलको आठौं मिनेटमै सनिश श्रेष्ठले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। २७औं मिनेटमा मनाङ मर्स्याङ्दीका एन्ड्र्यू इबो यमोआहको पासमा अनिलकुमार पञ्चे मगरले हेडरमार्फत प्रहार गरे पनि गोलमा परिणत गर्न सकेनन्।
३१औं मिनेटमा मच्छिन्द्रका उत्सव राईले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई मनाङ मर्स्याङ्दीका गोलकिपर विशाल केसीले उत्कृष्ट बचाउ गर्दै टिमलाई संकटबाट जोगाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा विशेष लामाले आकर्षक गोल गर्दै मनाङ मर्स्याङ्दीलाई बराबरीमा फर्काएपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो।
दोस्रो हाफको ५७औं मिनेटमा जोनाथन इडुआर्डो क्यान्टिल्लना जोरिल्लाले उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई पुनः अग्रता दिलाए। उक्त गोल नै खेलको निर्णायक बन्यो र मच्छिन्द्रले महत्त्वपूर्ण तीन अंक हात पार्न सफल भयो।






-1768819663565.jpeg&w=3840&q=75)






-1768813120551.jpg&w=3840&q=75)