नारायणको अलराउन्ड प्रदर्शनसँगै राजपुरलाई उपाधि

हिमालयन मनोज, धनगढी। नारायण जोशीको अलराउन्ड प्रदर्शनसँगै राजपुर स्पोर्ट्स क्लबले नवौं लिटिल फ्लावर प्राइड लिग जितेको छ।
सोमबार सम्पन्न फाइनलमा राजपुरले सुदूरपश्चिम बोइज होस्टलमाथि ५ विकेटको जित निकालेको हो। योसँगै राजपुरले ६० हजार रुपैयाँ हात पार्यो। सुदूरपश्चिमले भने ३० हजारमा चित्त बुझायो।
सुदूरपश्चिमले दिएको ९२ रनको लक्ष्य पछ्याएको राजपुरले १२ ओभरमा ५ विकेट गुमाउँदै ९४ रन बनायो।
राजपुरका ओपनर नारायण जोशीले सर्वाधिक ३९ रन बनाए। १८ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। नरेन भट्ट १९ रनमा आउट हुँदा टेक रावल १४ रनमा अविजित रहे।
अन्यको ब्याटिङ भने चल्न सकेन। सुदूरपश्चिमका नरेन साउदले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गर्दै १९ रन खर्चिए। हिक्मत महरा, नगराज सिंह र सूर्य श्रेष्ठले समान १ विकेट राखे।
त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो।
सुदूरपश्चिमका कृष्ण भट्टले सर्वाधिक २९ बनाए। ४० बल खेलेका उनले ३ चौका प्रहार गरे। दीपक रोकाया २७ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।
राजपुरका नारायण जोशीले सर्वाधिक ४ विके६ लिए। ३.५ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए। समान वकेट लिएका नरेन भट्टले भने ४ ओभरमा २१ रन खर्चिए।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि उनै जोशी घोषित भए। उत्कृष्ट ब्याटर पनि उनै जोशी बने। उनले ६ हजार रुपैयाँ पाए।
उत्कृष्ट बलर नीरज ऐर र उदीयमान खेलाडी अविनाश बोहरा घोषत भए। य दुईले समान २ हजार पाए।








-1768716682337.jpeg&w=3840&q=75)



-1768819663565.jpeg&w=3840&q=75)

-1768813120551.jpg&w=3840&q=75)

