अपराजित रहँदै राजपुर फाइनलमा

हिमालयन मनोज, धनगढी। अपराजित रहँदै राजपुर स्पोर्ट्स क्लब नवौं लिटिल फ्लावर प्राइड लिगको फाइनलमा प्रवेश गरेको छ।
आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा खप्तड इन्डोर क्रिकेट ट्रर्निङ सेन्टरलाई ८ विकेटले पराजित गर्दै राजपुर उपाधिनजिक पुगेको हो।
खप्तडले दिएको ११९ रनको लक्ष्य पछ्याएको राजपुरले १४.३ ओभरमा दुई विकेट गुमाउँदै १२२ रन बनायो।
राजपुरको जितमा अभिषेक पालले सर्वाधिक ४१ रन बनाए। ३३ बल खेलेका उनले ६ चौका प्रहार गरे। नारायण जोशी १४ रनमा आउट हुँदा नरेन भट्ट ३४ र टेक रावल २८ रनमा अविजित रहे।
खप्तडका आर्यन विष्टले १ विकेट लिए।
त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको खप्तडले १९.२ ओभरमा सबै विके६ गुमाउँदै ११८ रन बनाएको थियो।
खप्तडका आयुष चन्दले सर्वाधिक ४६ रन बनाए पनि जितलाई सहयोग पुगेन। ३३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। ओपनर इशान दौल्यालले ३६ रन बनाउन अन्यको ब्याट चल्न सकेन।
राजपुरका अशोक धामीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। सचिन भट्ट र नारायण जोशीको नाममा समान २ विकेट रह्यो।






-1768716682337.jpeg&w=3840&q=75)
-1768712042305.jpeg&w=3840&q=75)



-1768735373267.jpeg&w=3840&q=75)


-1768722799188.jpeg&w=3840&q=75)