मधेशको सुखद् अन्त्य

हिमालयन मनोज, धनगढी। मधेश इलिटले जितसहित नवौं लिटिल फ्लावर प्राइड लिग समाप्त गरेको छ।
शुक्रबार सम्पन्न खेलमा मधेशले धनगढी रोयल्सलाई ५१ रनले पराजित गरेको हो। योसँगै मधेशले सान्त्वना जित हात पारेको छ।
मधेशले दिएको १४४ रनको लक्ष्य पछ्याएको धनगढीले निर्धारित ११ ओभरमा तीन विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो।
धनगढीका लक्ष्मण साउँदले अविजित रहँदै सर्वाधिक ३३ रन बनाए। १८ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे। सन्दीप बाजी र प्रिंकाल चन्दले समान १६ रनको योगदान दिँदा कैलाश भुल १८ रनमा अविजित रहे।
मधेशका रुपेश यादव, साहिल कुमार र अफुरुदिन रिनले समान एक विकेट लिए।
त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेशले निर्धारित ११ ओभरमा ६ विकेट गुमाउँदै १४३ रन बनायो।
मधेशका राजेन्द्र बलले सर्वाधिक २८ रन बनाए। १५ बल खेलेका उनले समान २ चौका छक्का प्रहार गरे।
सुशान्त सिंह २७, साहिलकुमार २१ र रुपेश यादव २० रनमा आउट भए। धनगढीका सन्दीप कार्कीले सर्वाधिक २ विकेट लिए।











-1768550031655.png&w=3840&q=75)


