७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि जित हात पारेको छ।
थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले शुक्रबार
श्रीलंकालाई २–१ ले हराएको हो। यो नेपालको ७ वर्ष १ महिनापछिको जित हो। नेपालले अन्तिमपल्ट १४ डिसेम्बर २०१८ मा पाकिस्तानलाई २–१ ले हराएको थियो।
पाकिस्तानको इस्लामावादमा भएको ट्राङ्गुलर फुटसल सिरिजमा हात पारेको त्यो नै नेपालले अन्तर्राष्ट्रिय फुटसलमा दोस्रो जित थियो।
त्यसअघि नेपालले सोही वर्षको फेब्रुअरीमा भएको इन्टरनेसनल सकर फुटसल कपमा टर्कीलाई ९–० ले हराएको थियो।त्यसयता भएका खेलमा नेपाल जितविहीन थियो।
खेलको १०औं मिनेटमा मोहमेद साजनको गोलमार्फ श्रीलंकाले सुरूआती अग्रता लिएको थियो। तर, पाँच मिनेटपछि नै सरोज तामाङले गोल गर्दै नेपाललाई बराबरीमा फर्काए।
पहिलो हाफ १–१ को स्थितिमा सकिएको थियो। तर, २१औं मिने६मा सरोजले पुन गोल गर्दै नेपालको जित २–१ ले सुनिश्चित गरे।











-1768550031655.png&w=3840&q=75)



