लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

हिमालयन मनोज, लमजुङ। लालीगुराँस युवा क्लब, घनपोखरा युवा क्लब ब्ल्यु, खसुर र अरुण मेमोरियल ४४औं नासरकों बजार, घनपोखरा कप नाइन ‘ए’ साइड लमजुङ जिल्ला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
श्री घनपोखरा युवा क्लब, मर्स्याङ्दी–१ लमजुङमा शुक्रबार सम्पन्न क्वार्टरफाइनलमा यी चार टोली आ आफ्नो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेका हुन्।
घनपोखरा ग्रिन नआएपछि लालीगुराँस स्वत: अन्तिम चारमा प्रवेश गरेको हो। यता पास गाउँ नआएपछि खसुर पनि अन्तिम चारमा पुग्यो।
ब्ल्युले पवित्रा युवा क्लबलाई ६–१ ले पाखा लगायो।
ब्ल्युका हक्कु गुरुङले दुई तथा प्रविन विक, मनोज गुरुङ, योगबहादुर गुरुङले एक एक गोल गरे। यता पवित्राको तर्फबाट अनुज विकले एक गोल फर्काए।
यता, उपेन गुरुङको निर्णायक गोलसँगै अरुणले क्रियटिभ युवा क्लबलाई पाखा लगायो। भेट्रान्सतर्फ सुवास थापाको ह्याट्रिकसँगै खसुर अन्तिम चारमा पुग्यो।
खसुरको जितमा कन्या सुब्वाले दुई तथा समीर गुरुङले एक गोल थपे। खसुरले फाइनल प्रवेश गर्न बागुनसँग खेल्नेछ। भीम्दाबेसीले भने मकै डाँडालाई चुनौती प्रस्तुत गर्नेछ।






-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)