शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, ०२ माघ २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
mustang rice ad

काठमाडौं। सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा लगातार पाँच खेल जित्दै बिहीबार शीर्षस्थानमा कायमै रहेका छन्।

हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेल हल सञ्चालन भइरहेको प्रतियोगितामा १९१८ रेटेड अभिकले पाँचौं चरणमा सात्विकमान तुलाधरलाई पराजित गरे। प्रतियोगितामा शीर्ष वरीयताका अभिकले छैटौं चरणमा शुक्रबार लियोन महर्जनविरुद्ध खेल्दैछन्।

प्रतियोगिताको पाँचौं दिन सजल न्यौपाने, लियोन महर्जन, अरिज राई, निहाना श्रेष्ठ, अभिक रेग्मी, निवा राई, ईश्वर लामा, अरण्य तुलाधर, ओजस्वी श्रेष्ठ र श्रेयांश सापकोटाले पनि जित हात पारे। हार्दिक पन्तले अग्रता आचार्यसँग र विमश लोहनीले प्रवीर केसीसँग बराबरी खेल्दै अंक बाँडे।

९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय रहेको प्रतियोगिता युवा खेलाडीको स्तरोन्नतिको लागि आयोजना गरिएको हो। हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ। पाँचौं चरणको खेल सकिँदा अभिक शाह ५ जितसहित १५ अंक बनाएर शीर्षस्थानमा रहे। सजल, आशिर्वाद र लियोन समान ४ जितसहित १२ अंकमा छन्।

स्वीस प्रणालीको आधारमा ९ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक खेल भइरहेको छ। कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ४ गतेसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरवृद्धि लागि उपयुक्त मानिएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमीकी संस्थापक मोनालिशा खम्बू बताउँछिन्। प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन्।

हिमालयन चेस एकेडेमीले एसइई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ। त्यसैले उसको ११औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सातदोबाटो  र संकटाको बराबरी सुरुआत

सातदोबाटो र संकटाको बराबरी सुरुआत