निर्वाचन प्रक्रिया अवरोध भए संघ निलम्बनमा पर्छ : एन्फा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ २८ गते झापामा आयोजना गर्न लागेको साधारण सभा (अर्डिनरी कंग्रेस) र आगामी चार वर्षको कार्यकालका लागि कार्यसमितिको निर्वाचन प्रक्रिया तेस्रो पक्षको कुनै हस्तक्षेपबिना नै सम्पन्न गरिने बताएको छ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले आइतबार विधान बमोजिम संघमा आबद्ध १०६ सदस्य संस्थाहरुले निर्वाचनका लागि मताधिकार प्रतिनिधि छनोट गरिसकेको बाएको छ। उम्मेदवारी दर्ता प्रक्रिया पनि शनिबार पूरा भइसकेको छ।
तर, केही तेस्रो पक्षहरूले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र उच्च अदालतमा निर्वाचन रोक्न उजुरी दर्ता गरेपछि एन्फाले यसलाई हस्तक्षेपको रूपमा लिइरहेको नेम्वाङ र राईको जिकिर छ।
यस सन्दर्भमा माघ २ गते एन्फाले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट संयुक्त रुपमा परिपत्र प्राप्त गरेको उल्लेख गरिएको छ। उक्त परिपत्रले संघको निर्वाचन प्रक्रिया वैधानिक, वैज्ञानिक र संविधानबद्ध रूपमा अगाडि बढिरहेको पुष्टि गर्दै कुनै पनि तेस्रो पक्षले हस्तक्षेप नगर्न र तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको दाबी छ।
‘परिपत्रमा भने अनुसार यदि तेस्रो पक्षको हस्तक्षेपका कारण साधारण सभा तथा निर्वाचन प्रक्रिया अवरुद्ध भयो भने एन्फा निलम्बनमा पर्नेछ। यसले नेपाली फुटबललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताबाट वञ्चित गराउने सम्भावना रहेको छ। साथै, फिफा र एएफसीबाट प्राप्त हुने आर्थिक सहायता समेत रोक्न सकिने छ,’ एन्फाको विज्ञप्तिमा भनिएको छ।
यसकारण एन्फाले निर्वाचन प्रक्रिया तोकिएको मितिमा झापामा सम्पन्न गरिने नेम्वाङ र राईले बताएका छन्।







-1768735373267.jpeg&w=3840&q=75)
-1768722799188.jpeg&w=3840&q=75)



-1768716682337.jpeg&w=3840&q=75)
-1768712042305.jpeg&w=3840&q=75)