विभागीय पुलिसमाथि प्लानिङको जित
शनिबार, ०३ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै प्लानिङ ब्वाइज युनाटेडले राष्ट्रिय लिगमा सुखद् सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न भएको खेलमा विभागीय टोली पुलिसलाई १–० ले हराएको हो। जितसँगै प्लानिङले ३ अंक जोडेको छ।
पहिलो हाफको इन्जुरी समयमा पुलिसका मनिष सेडाईले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार गोल पोस्टको माथिबाट बाहिरिएको थियो।
खेलको ५२औं मिनेटमा शंकर थारुले गोल गर्दै प्लानिङलाई अग्रता दिलाए। उनले गरेको गोल नै निर्णायक बन्यो।








-1768572164221.png&w=3840&q=75)




