शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

शुक्रबार, ०२ माघ २०८२खेलपाटी संवाददाता
क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !
Loading ad...
mustang rice ad

काठमाडौं। एक दशकपछि पुनः सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा हालसम्म चार खेल सम्पन्न भइसकेका छन्।

३० पुसबाट सुरु भएको लिगमा सहभागी अधिकांश टोलीका मुख्य प्रशिक्षकहरूले लामो समय लिग नहुँदा खेलाडी व्यवस्थापनमा कठिनाइ भएको गुनासो गर्दै आएका छन्।

तर ‘ए’ डिभिजन लिगका अनुभवी क्लब मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) भने यस मामिलामा फरक देखिएका छन्। शुक्रबार आफ्नो पहिलो खेल खेल्दै गरेका यी दुई क्लबले टिम अफिसियल र टिम स्टाफमा आफ्नै अध्यक्षलाई बेन्चमा राखेका छन्, जुन नेपाली फुटबलमा असामान्य अभ्यास मानिन्छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको आधिकारिक लाइनअपअनुसार मच्छिन्द्र क्लबका अध्यक्ष अनिल श्रेष्ठ स्वयं टोलीको अफिसियलको रूपमा बेन्चमा बस्नेछन्।

उनी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व म्यानेजरसमेत हुन्। श्रेष्ठ गत १७ माघमा मच्छिन्द्र क्लबको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।

यस्तै, न्युरोड टिम (एनआरटी) ले क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशीलाई टिम स्टाफको रूपमा बेन्चमा राखेको छ। जोशी दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्षसमेत हुन्।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार टिम बेन्चमा बस्ने स्टाफको छनोट मुख्य प्रशिक्षकले गर्ने प्रचलन रहेको छ।

तर, मच्छिन्द्र र एनआरटीले भने क्लबकै निर्णयमा आफ्ना अध्यक्षलाई बेन्चमा राखेका हुन्, जसले राष्ट्रिय लिगमा फरक अभ्यासको चर्चा सुरु गराएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो