सातदोबाटो र संकटाको बराबरी सुरुआत
-1768462517116.jpeg&w=3840&q=75)
काठमाडौं। सातदोबाटो युथ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै राष्ट्रिय लिगको सुरुआत गरेका छन्। बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न असफल भए। खेलको पहिलो हाफमा सातदोबाटोले केही राम्रा अवसर पाएको थियो। तर, त्यसलाई गोलमा परिणत गर्न सकेन।
खेलको १६औं मिनेटमा सातदोबाटोका समीर तामाङले गरेको प्रहार लक्ष्यमा जान सकेन। त्यसैगरी २३औं मिनेटमा विश्वास श्रेष्ठको पासमा यक्षहाङ लिम्बूले गरेको प्रहारलाई संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाले उत्कृष्ट बचाउ गरे।
पहिलो हाफको अन्त्यतिर ४४औं मिनेटमा समीरको पासमा विश्वासले मौका पाए पनि गोल गर्न सकेनन्। दोस्रो हाफमा पनि दुवै टोलीले प्रयास जारी राखे।
५४औं मिनेटमा सातदोबाटोका पासाङ लामाले दिएको पासलाई यक्षले हेडरमार्फत प्रहार गरे। तर, बलले सही दिशा लिन सकेन।
७९औं मिनेटमा संकटाका वेन्डपंगा गिल्बर्ट बिल्गोले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको बल पोष्टभन्दा माथिबाट बाहिरिँदा संकटा जित निकाल्न वञ्चित भयो।
अन्ततः दुवै टोलीले गोलरहित बराबरीमा खेल समाप्त गर्दै प्रतियोगिताको सुरुआत गरे।







-1768446504496.webp&w=3840&q=75)
-1768446054142.webp&w=3840&q=75)





