मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा
-1768445380692.webp&w=3840&q=75)
काठमाडौं। युसुफ एल–नेसिरीले निर्णायक पेनाल्टी गोल गरेपछि र गोलकिपर यासिन बोनो बुनुले दुई पेनाल्टी बचाएपछि मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति रबाटको प्रिन्स मौले अब्देल्लाह स्टेडियममा भएको सेमिफाइनलमा मोरक्कोले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्यो।
निर्धारित समय र अतिरिक्त समयसम्म खेल गोलरहित बराबरीमा टुंगिएको थियो। नाइजेरियाका गोलकिपर स्ट्यान्ली न्वाबालीले एक पेनाल्टी रोके पनि सुटआउटमा बोनो प्रभावशाली सावित भए। उनले सामुएल चुक्वुएजे र ब्रुनो ओन्येमाएचीको प्रहार बचाएपछि एल–नेसिरीलाई विजयी गोल गर्ने अवसर मिल्यो।
‘हामीले १२ जना खेलाडीका साथ खेलेझैं लाग्यो,’ समर्थकप्रति संकेत गर्दै मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले भने। हरियो जर्सीमा केही नाइजेरियाली समर्थक पनि उपस्थित थिए, तर घरेलु समर्थकको आवाजबीच उनीहरू दबिएका थिए।
यस जितसँगै मोरक्कोले आइतबार यही स्टेडियममा सन् २०२१ का च्याम्पियन सेनेगलसँग उपाधि भिडन्त तय गरेको छ। सेनेगलले अर्को सेमिफाइनलमा इजिप्टलाई १–० ले हराएको थियो।
मोरक्को सन् १९७६ पछि पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ।






-1768446504496.webp&w=3840&q=75)
-1768446054142.webp&w=3840&q=75)



-1768392748211.jpeg&w=3840&q=75)

