सोमबार, २८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

सोमबार, २८ पौष २०८२खेलपाटी संवाददाता
कीर्तिमान बलियो बनाउँदै बार्सिलोना
mustang rice ad

काठमाडौं। साउदी अरेबियामा आइतबार भएको स्पेनिस सुपर कपको फाइनलमा राफिन्हाले दुई गोल गरेपछि बार्सिलोनाले कट्टर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको छ।

खेलको ७३औं मिनेटमा राफिन्हाले गरेको निर्णायक गोल भाग्यशाली रह्यो। प्रहार गर्ने क्रममा उनी चिप्लिए पनि बल रियलका डिफेन्डर राउल असेन्सियोबाट डिफ्लेक्ट हुँदै गोलकिपर थिबो कोर्टुआलाई छक्याएर जाली चुम्यो।

फाइनलको पहिलो हाफको अन्त्य निकै रोमाञ्चक रह्यो। स्टपेज टाइममा तीन गोल भए, रियलका दुई र बार्सिलोनाको एक। गत वर्षको फाइनलमा पनि बार्सिलोनाले रियललाई ५–२ ले हराउँदा राफिन्हाले दुई गोल गरेका थिए।

‘हामीले सबै दिएर खेलेका हौं,’ राफिन्हाले भने,‘अन्त्यमा म निकै भावुक भएँ। हामीलाई यस्तै जित आवश्यक थियो।’ यो जितसँगै बार्सिलोनाले १६औं पटक सुपर कप उपाधि जित्दै सबैभन्दा धेरै उपाधि जित्ने क्लबको कीर्तिमान थप मजबुत बनाएको छ। रियल १३ उपाधिसहित दोस्रो स्थानमा छ।

घुँडाको समस्याका कारण सेमिफाइनल गुमाएका किलियन एमबाप्पे ७६औं मिनेटमा मैदान प्रवेश गरे पनि बराबरी गोल दिलाउन सकेनन्। उनले एट्लेटिको मड्रिडविरुद्धको सेमिफाइनल खेलेका थिएनन्। तर, फाइनलका लागि साउदी अरेबिया पुगेका थिए।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोव्स्कीले पनि गोल गरे। रियलका गोल भिनिसियस जुनियर र गोन्जालो गार्सियाले गरे। जेद्दाहमा भएको खेलमा बार्सिलोनाले ३६औं मिनेटमा राफिन्हाको ब्रेकअवे गोलबाट अग्रता लियो।

पहिलो हाफको स्टपेज टाइमको दोस्रो मिनेटमा भिनिसियसले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै बराबरी गरे। उनले अक्टोबरपछि १६ खेल गोलविहीन यात्रा अन्त्य गरेका थिए। त्यसपछि लेवान्डोव्स्कीले बार्सिलोनालाई फेरि अगाडि बढाए भने हाफ सकिनुअघि गार्सियाले बराबरी गोल फर्काए।

इन्जुरी टाइममा रियलले दुई सुनौलो मौका पाए पनि गोल गर्न सकेन। दोस्रो हाफको स्टपेज टाइममा बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डे योङ रातो कार्ड पाउँदै मैदान बाहिरिए।

रियल प्रशिक्षक जाबी अलोन्सोले भने,‘यो एउटा मात्र खेल हो, सबैभन्दा कम महत्वको प्रतियोगिता। हामी छिट्टै अगाडि हेर्नुपर्छ, टोलीलाई एकजुट पार्नुपर्छ र अघि बढ्नुपर्छ।’

बार्सिलोनाले सेमिफाइनलमा एथ्लेटिक बिल्बाओलाई ५–० ले हराउँदै फाइनल पुगेको थियो भने रियलले एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गरेको थियो। आठ सिजनपछि लिग च्याम्पियनका रूपमा सुपर कप जित्ने पहिलो टोली बार्सिलोना बनेको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित

Bajaj Pulsar Motorcycle Ad
कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

कीर्तिमान बलियो बनाउँदै बार्सिलोना

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ