मनीषको गोल व्यर्थ
आइतबार, २७ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। प्रदीप लामाको निर्णायक गोलसँगै प्रि–सिजन मैत्रीपूर्ण खेलमा विभागीय टोली एपीएफ क्लब न्युरोड टिम (एनआरटी)सँग हारबाट जोगिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा यी दुई टोलीले १–१ को बराबरी खेलेका हुन्।
खेलको ३५औं मिनेटमा मनीष डाँगीको गोलमार्फत एनआरटीले सुरुआती अग्रता लिएको थियो। तर, दोस्रो हाफको एक मिनेटमै प्रदीपले गोल गर्दै एपीएफलाई हारबाट जोगाए।
यी दुई टोलीले ३० पुसबाट सुरु हुने राष्ट्रिय लिगको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन्। प्रतियोगिताको पहिलो खेलमा एनआरटीले २ माघमा मच्छिन्द्र फुटबल क्लबलाई चुनौती पेस गर्नेछ।
एपीएफले भने ४ माघमा फ्रेन्ड्स क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।














