फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन
शुक्रबार, २५ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरेको छ।
सहायक प्रशिक्षकको जिम्मेवारी जितबहादुर पुन र मंगल महर्जनले पाएका छन् भने गोलकिपर प्रशिक्षकका रूपमा गंगाराम देउजालाई नियुक्त गरिएको छ।
नियुक्त प्रशिक्षक तथा अफिसियलहरूलाई एन्फा महासचिव किरण राईले शुक्रबार औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
नवनियुक्त प्रशिक्षक टोलीको नेतृत्वमा नेपाल यू–२० राष्ट्रिय टोलीले सन् २०२६ को साफ यू–२० च्याम्पियनसिपमा सहभागिता जनाउनेछ। उक्त प्रतियोगिता माल्दिभ्समा २२ मार्चदेखि ३ अप्रिल २०२६ सम्म आयोजना हुने तय भएको छ।







-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)







