मंगलबार, २२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

समिक्षा र पूजासम्मिलित टोलीले हान्यो २३ गोल !

सोमबार, २१ पौष २०८२खेलपाटी संवाददाता
समिक्षा र पूजासम्मिलित टोलीले हान्यो २३ गोल !
Classic Tech Internet Ad

काठमाडौं। बंगलादेश महिला फुटबल लिगमा आइतबार फेरि एकपक्षीय खेल देखियो।

नेपाली खेलाडीद्वय समिक्षा घिमिरे र पूजा रानासम्मिलित फराशगञ्ज स्पोर्टिङ क्लबले जमालपुर काचारिपाडा एकादशलाई पूर्ण रूपमा दबाबमा राख्दै २३–० गोलको ऐतिहासिक जित दर्ता गर्‍यो।

गोलको वर्षासँगै पहिलो हाफमा हातहालाहाल र दुई रातो कार्डका कारण खेल निकै घटनाबहुल बन्यो। कमलापुरस्थित वीरश्रेष्ठ सिपाही मुस्तफा कमाल स्टेडियममा सम्पन्न लिगको दशौं खेलमा फराशगञ्जकी शम्सुन्नहार जुनियर र कप्तान मारिया मान्दाले दोहोरो ह्याट्रिक पूरा गर्दै ६–६ गोल गरिन्।

राष्ट्रिय टोलीकी फरवार्ड तहुरा खातुनले पनि ह्याट्रिक गरिन्, जसमा आकर्षक ओभरहेड किक गोल विशेष चर्चा बन्यो शम्सुन्नहार सिनियरले दुई गोल गरिन् भने मोनिका चाक्मा, समिक्षा घिमिरे, अनामिका त्रिपुरा, मानुचिङ मार्मा, प्रीति र तृषाले समान एक–एक गोल थपे।

खेलको सुरुवातमै फराशगञ्जले आक्रामक प्रदर्शन गर्‍यो। किक–अफको मात्र ३८ सेकेन्डमै मोनिकाको गोलमार्फत अग्रता लिएको टोलीले पहिलो हाफमै ८–० को सहज अग्रता बनायो।

२१औं मिनेटमा दुवै टोलीका खेलाडीबीच हातहालाहाल भएपछि फराशगञ्जकी मोनिका र काचारिपाडाकी चाबेत्री त्रिपुराले रातो कार्ड पाएका थिए। लामो समय खेल रोकिए पनि पुनः सुरु भएपछि फराशगञ्ज अझ आक्रामक बन्यो।

दोस्रो हाफमा पनि गोलको धार रोकिएन। लगातार आक्रमणमा दवाबमा परेको काचारिपाडा एकादश खेलभरि नै निरीह देखियो। शम्सुन्नहार जुनियरले लगातार दुई खेलमा ह्याट्रिक पूरा गरिन् भने तहुराले ओभरहेड किकमार्फत आफ्नो ह्याट्रिक पूरा गरिन्।

यस जितसँगै महिला फुटबल लिगमा नयाँ कीर्तिमान कायम भयो। यसअघि सन् २०२१ मा बसुन्धरा किङ्सले २१–० को जित दर्ता गरेको थियो। त्यस कीर्तिमानलाई तोड्दै फराशगञ्जले २३–० गोलको विशाल जित हात पार्‍यो। काचारिपाडा एकादशका लागि यो हार लिग इतिहासकै सबैभन्दा लज्जास्पद नतिजामध्ये एक बन्यो।

अन्ततः फराशगञ्ज स्पोर्टिङ क्लब २३–० को अविश्वसनीय जितसहित मैदानबाट बाहिरियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफले गर्‍यो त्रिवेणी कपको उपाधि रक्षा

एपीएफले गर्‍यो त्रिवेणी कपको उपाधि रक्षा

सातदोबाटोबाट जगजितले खेल्ने

सातदोबाटोबाट जगजितले खेल्ने

गार्सियाको पहिलो ह्याट्रिक

गार्सियाको पहिलो ह्याट्रिक

Bajaj Pulsar Motorcycle Ad
एपीएफले गर्‍यो त्रिवेणी कपको उपाधि रक्षा

एपीएफले गर्‍यो त्रिवेणी कपको उपाधि रक्षा

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा

बंगलादेश विश्वकप खेल्न भारत नजाने

बंगलादेश विश्वकप खेल्न भारत नजाने

एन्फा निर्वाचन कार्यतालिका एकलौटी रूपमा सार्वजनिक गरिएको भन्दै राखेपमा निवेदन

एन्फा निर्वाचन कार्यतालिका एकलौटी रूपमा सार्वजनिक गरिएको भन्दै राखेपमा निवेदन

कबड्डी टिमकी कप्तानले जेनजी मन्त्रीलाई भनिन्– सबै ठीकै छ, तर एउटा हल भए हुन्थ्यो !

कबड्डी टिमकी कप्तानले जेनजी मन्त्रीलाई भनिन्– सबै ठीकै छ, तर एउटा हल भए हुन्थ्यो !

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

सातदोबाटोबाट जगजितले खेल्ने

सातदोबाटोबाट जगजितले खेल्ने

समिक्षा र पूजासम्मिलित टोलीले हान्यो २३ गोल !

समिक्षा र पूजासम्मिलित टोलीले हान्यो २३ गोल !