बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

आइतबार, २० पौष २०८२खेलपाटी संवाददाता
सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ
mustang rice ad

धेरैको अनुमान थियो, पंकजविक्रम नेम्वाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को चार वर्षे कार्यकाल अरू ६ महिना थप्छन्। विश्वकप फुटबलको कारण देखाएर निर्धारित भन्दा ६ महिना पछि मात्र निर्वाचन गराउँछन्। 

अर्थात् एन्फाको चुनाव ८३ साल पुस/माघ तिर हुन्छ। तर, सबैलाई आश्चर्यमा पार्दै उनले झन्डै ५ महिनाअघि एन्फाको अर्ली चुनावको घोषणा गरेका छन्। भलै बहुमतबाट उनले यस निर्णय पास गराए, तर निर्णय प्रक्रिया आफ्नै टिमसँग उनले पर्याप्त छलफल गरेका भने हैनन्। 

सुशासन, सामूहिक नेतृत्व र पारदर्शिताको नारा लिएर एन्फा छिरेका पंकजले पछिल्ला चार वर्षमा यिनै नाराको धज्जी उडाए। स्वार्थ समूहलाई प्रलोभनमा राखेर बहुमतका आडमा उनले चार वर्ष एन्फामा कुशासनको राज गरे। उनले एन्फा चलाए, भलै फुटबल भने चलेन। खासमा पंजक नेतृत्वको एन्फा चल्न सक्ने अवस्थामा पनि थिएन। पंकजसँग उनकै जितका सारथि भएनन्। 

निर्वाचित भएर आएको पहिलो कार्यसमिति बैठकबाटै मुख्य सहयोगी गणेश थापा, विराटजंग शाह, रवीन्द्र चन्द, वीरबहादुर खड्का (अलि पछि) पंजकसँग रहेनन्। आफूविरूद्ध कार्यसमितिमा बहुमत पुग्ने अवस्था आएपछि एन्फाभित्र सदस्यको मोलमोलाई सुरु भएको थियो। एउटै सदस्यलाई टिकाउन झन्डै ३० लाख रुपैयाँ नगदै खर्च गर्न परेको यथार्थ सामान्य थिएन। 

अर्कोतर्फ तीन वर्षदेखि ‘ए’ डिभिजन लिग भएको थिएन। खेलाडीहरू गेटसम्मै धर्ना कस्न पुगेका थिए। जेनजी आन्दोलनपछि एन्फा पदाधिकारीका घर परिवारमाथि सुरक्षाको चिन्ता थपिएको थियो। फुटबल चलाउन नसकेपछि कुर्सीमा बस्नु नैतिक हिसाबले पनि ठिक हैन। 

पंकजले धारा ३१ को (क) अनुसार अग्रिम निर्वाचनको निर्णय गराएका छन्। तर, यो धाराले अग्रिम निर्वाचनबारे कुनै कुरा बोल्दैन। पंकजलाई बालै मतलब। खुसी यो कुरामा मानौं, यसो विधान हेर्दा यो धारा त भेटिन्छ। उता वरिष्ठ उपाध्यक्षलाई गरिएको कारबाहीको धारा विधानमै नभेटिने जस्तो अवस्था त कम्तीमा भएन। 

एन्फाको निर्णय प्रक्रियामा विधान पालनाको विषय खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पक्कै हेर्नेछ। अथवा अदालतमा यसको कानुनी परीक्षण पक्कै होला। तर, विरोध र आलोचनालाई पेसा नै बनाएको एन्फाको एउटा समूहको माग पंजकले पुरा गरिदिएका छन्, अर्ली इलेक्सनको निर्णय गराएर।

एन्फा पनि चलाउन नसकिने अनि फुटबल पनि नचल्ने भएपछि पंकजलाई यतिसम्मको छुट दिनपर्छ। अब सकिन भनेर छाडेपछि पंजकले नेतृत्वमा दाबेदारिता प्रस्तुत गर्न सुहाउँदैन। उनले एन्फाबाट बिदा लिएर नेपाली फुटबललाई ठूलो गुण लगाउनुपर्छ।

जेनजीको माग अनुसार एन्फामा अर्ली इलेक्सनको दाबी गर्ने पंकजले सोही आन्दोलनको मर्म अनुसार नेतृत्वमा दाबी कम्तीमा गर्नुहुँदैन। उनले नयाँ युवा नेतृत्वलाई समर्थन गर्न सक्छन्। सहयोग गर्न सक्छन्। उनी पुन एन्फामा दोहोरिने प्रयास गरेर सिंगो फुटबललाई यो भन्दा तल गिराउन हुँदैन।

उनको चार वर्षको कार्यकालमा नेपाली फुटबलले जुन क्षति बेहोर्‍यो, त्यसको भर्पाई र मूल्य नेपाली फुटबलले चुकाउनै पर्नेछ। भरत बुढथापा, टिका लामा, अनिल मल्ललगायतका केही ‘निःस्वार्थी’हरूको चस्मालाई फेर्ने हो भने फुटबल रसातलमा पुगेको यथार्थ सत्य हो।

पुरानै प्रतिनिधिलाई लोभ र प्रलोभनमा पारेर आफू सत्तामा दोहोरिन्छु भन्ने यदि उनी सोच्छन् भने उनको त्यो सोच नेपाली फुटबल र स्वयम उनकै राजनीतिक करियरका लागि प्रत्युत्पादक छ। अब ताजा जनदेशबाटै नेपाली फुटबललाई निकास दिन आवश्यक छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित