साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१९ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय यू–१९ महिला टोलीको प्रारम्भिक खेलाडी छनोट सूची सार्वजनिक गरेको छ।
प्रतियोगिता आगामी जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरामा आयोजना हुँदैछ। एन्फाले छनोट सूचीमा परेका सबै खेलाडीलाई आइतबार दिउँसो १ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा उपस्थित हुन अनुरोध गरेको छ। उनीहरूबीच हुने छनोट खेलपछि अन्तिम टोली तय गरिनेछ।
प्रारम्भिक सूचीमा अलिजाकुमारी विक, अलिजा विक, अमिता रानामगर, एन्जल स्याङ्बो, अंशु विक, अनु माझी, आशिका कार्की, अस्मिता मगर, आयुषा गुरुङ, आयुषा रेम्ली, बबितिका कार्की, वर्षा वली, भूमिका बुढाथोकी, भूमिका केसी, विनीता चेपाङ तामाङलगायत खेलाडी समावेश छन्।
त्यसैगरी बिनु कुँवर, विपना परियार, डिकी स्याङ्बो तामाङ, दीक्षा रायमाझी, फुलमाया स्याङ्बो, ज्ञान्शु डोल्मा, इशा चौधरी, जेसिका लामा, झरना डम्राकोटी, जोस्ना श्रेष्ठ, कल्पना जिम्बा, कृपा दाहाल, कृतिशा तामाङ, ममता रुम्बा र मनीषा श्रेष्ठ पनि प्रारम्भिक छनोटमा परेका छन्।
सूचीमा मञ्जु माया दोङ, मञ्जु तामाङ, माया मास्के, मिनमाया श्रेष्ठ, नन्दीका थापा, निर्मला आचार्य, निर्मला विष्ट, निशा भट्टराई, परिशा चौधरी, प्रजिता राई, प्रमिशा कार्की, पूजा गिरी, पूर्णिमा घले, पूर्णिमा ताडी र पुष्पा थापामगरको पनि नाम समावेश छ।
रविना बराम, रविना विक, रस्मिला चौलागाईं, रेजिना लामा, ऋतिका कार्की, सबनाम राई, सहारा लिम्बू, सलोनीकुमारी चौधरी, संगिता अधिकारी, संगिता मल्ल, सरिना रसाइली, सेनु परियार, सिजल राउत, सोनिया राई र सृजना बडुवाल पनि प्रारम्भिक सूचीमा परेका छन्।
त्यस्तै सुमी हाङ्मा, सुस्मिता केसी, तृप्ति कपाडी, तुलसा बोहरा, उषा गुरुङ, यमकुमारी विक र यशोदा बोहरालाई पनि टोली छनोटका लागि बोलाइएको छ। टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ रहने एन्फाले जनाएको छ।
छनोटपछि तयार हुने अन्तिम टोलीले घरेलु मैदान पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।






-1767323467090.webp&w=3840&q=75)




-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)