सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

हिमालयन मनोज, लमजुङ। ‘ए’ डिभिजन क्लब न्यूरोड टिम (एनआरटी)लाई सडनडेथमा पाखा लगाउँदै लाङ्दीदेवी ३३औं त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
योसँगै एनआरटी प्रतियोगिताबाट बाहिरिने काठमाडौंको पाँचौं क्लब हो। यसअघि नै समाज कल्याण, श्री भगवती, चित्लाङ एफसी र सातदोबाटो युथ क्लब घर फर्किसकेका छन्।
त्रिवेणी रंगशालामा बिहीबार सम्पन्न खेलमा लाङ्दीदेवीले सडनडेथमा ९–८ को जित निकालेको हो।
लाङ्दीदेवीका कप्तान आशिष गुरुङ, रणदीप पौडेल, सरोज गुरुङ, रोशन पहारी र पदम भट्टराईले गोल गरे। यस्तै, सुजन डंगोल, प्रमिज गच्छादर बिशण गुरुङ र गणेश हिमालले गोल गरे। आदित्य शाक्यले भने गोल गर्न सकेनन्।
एआरटीका रोशन खड्का, सानेम लिम्बू, विज्ञान खड्का, कप्तान कृतिशरत्न छुन्जु, पुजन होना, विवेक गुरुङ, माइकल गर्बुजा र जुनियरले गोल गरे।
चेतन थारु र शोता आत्सोमीले भने गोल गर्न सकेनन्। लाङ्दीदेवीले फाइनल प्रवेश गर्न अब ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र लालीगुराँसबीचको विजेतासँग खेल्नेछ।






-1767268406472.png&w=3840&q=75)






