गोल ‘सेलिब्रेसन’ गर्ने क्रममा एपीएफका समीर घाइते

हिमालयन मनोज, लमजुङ। ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोल सेलिब्रेसन गर्ने क्रममा एपीएफका समीर ठोकर घाइते भएका छन्।
त्रिवेणी युवा क्लब, बेसीशहर लमजुङको आयोजनामा त्रिवेणी रंगशालामा १२ पुसमा सुन्दरबजार एफसीविरुद्ध एपीएफले ५–० को जित निकालेको थियो।
एपीएफको जितमा समीरबाहेक प्रदीप लामा र मणिकुमार लामाले समान एक गोल थपेका थिए। समीरले २०,३० र ८०औं मिनेटमा गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका थिए। उनी नै खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए र १० हजार रुपैयाँसम्म हात पारेका थिए।
-1767236651514.jpeg)
तर, अन्तिम गोलमा सेलिब्रेसन गर्ने क्रममा समीर घाइते हुन पुगेका थिए। अहिले उनको चोटको अवस्था मूल्यांकन भइरहेको टिमका फिजियो बिष्णु रासकोटीले जानकारी दिए। त्यसैले आगामी खेलमा उनको सहभागिता हुने–नहुने अझै निश्चित नभएको रासकोटीको भनाइ छ।
समीरको चोट गम्भीर नभए पनि पूर्ण रूपमा निको हुन केही समय लाग्न सक्ने देखिएको छ। ‘अहिले नै उनले खेल्न सक्छन् वा सक्दैनन् भनेर भन्न सकिने अवस्था छैन,’ रासकोटीले जानकारी दिए।
समीर ठोकरको चोटले टिमको रणनीतिमा असर पार्न सक्ने अनुमान गरिएको छ। टिम व्यवस्थापनले उनको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै आवश्यक निर्णय लिने जनाएको छ।
साबिक विजेतासम्म रहेको एपीएफले सेमिफाइनल प्रवेश गर्न अब ठाडाराई समाजसँग खेल्नेछ।












-1767162700754.jpg&w=3840&q=75)