एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

काठमाडौं । एफसी चितवनका मालिक सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतितिधि सभा समानुपातिक तर्फको उम्मेदवार बनेका छन् ।
रास्वपाले समानुपातिकको बन्द सूचीमा ढकालको नाम समावेश गर्दै निर्वाचन आयोगमा नामावली बुझाएको छ ।
रास्वपाले खस आर्य क्लस्टरबाट दोस्रो नम्बरमा ढकालको नाम प्रस्ताव गरेको छ ।
रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन साहले नयाँ पार्टी गठनको छलफल गर्दा ढकालसँग समेत संवाद गरेका थिए । रास्वपामा बालेन पक्षबाट ढकाललाई समानुपातिकतर्फको उम्मेदवारको रुपमा प्रस्ताव गरिएको बुझिएको छ ।
फ्रेन्चाईज फुटबल एफसी चितवनका मालिक रहेका ढकाल व्यवसायीक पृष्ठभूमीबाट आएका हुन् । उनकै लगानीको एफसी चितवनले नीजि क्लबको रुपमा फ्रेन्चाईज फुटबल खेल्दै आएको छ । खेलकुदको प्रबद्र्धन र लगानीमा सचिन निकै अग्रणी पङ्तीमा देखिदै आएका युवा अनुहार हुन् ।
नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, सचिनका बुवा हुन् ।







-1767006224106.jpeg&w=3840&q=75)






