दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

काठमाडौं। आउँदो वर्ष (२०८३) जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप आयोजना हुने भएको छ।
महर्जनका अनुसार पहिलो संस्करणमा पुरुषतर्फ मात्र प्रतियोगिता गराइएको थियो। यस वर्ष भने महिलाहरुलाई एथलेटिक्स फिजिक्समा सहभागी गराइनेछ। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ ९ विधामा प्रतिस्पर्धा गराइनेछ।
यसअन्तर्गत ६ वटा तौल समूह, २ वटा स्पोर्ट फिजिक्स र एउटा ओभरअल प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्स अन्तर्गत खुल्ला प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ तौल समूहमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि हुनेछ। एथलेटिक्स फिजिक्स अन्तर्गत १७० सेन्टिमिटर भन्दा माथि र १७० सेन्टिमिटरसम्म गरी दुई विधामा प्रतिस्पर्धा गराइनेछ।
प्रत्येक तौल समूहका विजेताहरु दोस्रो मिस्टर महानगरको दावेदारी हुनेछन्। उनीहरुले ओभरअल प्रतिस्पर्धा गर्नेछन्। ओभरअल प्रतिस्पर्धाका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित ५ लाख रुपैयाँ नगद, ट्रफी र ब्यानेट प्रदान गरिनेछ।
प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ। दोस्रो दिन प्रिजजिङ र फाइनल खेल हुनेछ। प्रत्येक तौल समूहका विजेतालाई १ लाख रुपियाँ नगद, पदक र प्रमाण पत्र प्रदान गरिनेछ। गएको वर्ष यसको राशी ७५ हजार रुपैयाँ थियो।
यस वर्ष बढाएर १ लाख रुपैयाँ बनाइएको हो। तौल समूहका उपविजेता, तेस्रो, चौथौ र पाँचौं स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ नगदसहितको पुरस्कार दिइनेछ।
एथलेटिक्स फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा प्रथम पुरस्कार जनही १ लाख २५ हजार रुपैयाँ राखिएको छ। दोस्रो, तेस्रो, चौथौ र पाँचौं स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिनेछ।







%20(2)-1765947464452.png&w=3840&q=75)







