बिहिबार, ३१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

आइतबार, २८ मंसिर २०८२खेलपाटी संवाददाता
जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित
Loading ad...
mustang rice ad

काठमाडौं। विश्व प्रसिद्ध रेस्लर जोन सिनाको वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्यूडब्यूई) यात्रा अन्ततः ‘स्याटरडे नाइट मेन इभेन्ट्’ मा समाप्त भएको छ।

उनले उक्त कार्यक्रममा गन्थरसँग भएको खेलमा ‘सबमिसन’मार्फत हार बहोरे। रोचक कुरा के छ भने करिब २० वर्षपछि पहिलो पटक सिनाले कुनै खेलमा ‘ट्याप आउट’ गरेका हुन्।

आफ्नो अन्तिम खेलअघि डब्यूडब्यूईका थुप्रै हल अफ फेमरहरू (द रक र केनलगायत) ले सीनालाई शुभकामना दिएका थिए। खेलका क्रममा सिनाले गन्थरपछि आफ्नो चर्चित प्रवेश गीत ‘माई टाइम इज् नाऊ’ बजाउँदै रिङमा प्रवेश गरेका थिए।

खेल हेर्नका लागि कर्ट एङ्गल, आरभीडी, केभिन ओवेन्स, सामी जेन र मार्क हेन्रीजस्ता अनुभवी रेस्लरहरू रिङसाइडमा उपस्थित थिए।

खेलको सुरुआत गन्थरले सिनालाई ‘अपरकट र नाइफ–एज चप्स’ प्रहार गर्दै गरे। त्यसपछि सिनाले आफ्ना ‘सिग्नेचर’ चाल चले। तर, गन्थरले जर्मन सुप्लेक्स, पावरबम र लगातार क्लोथलाइनहरू प्रहार गर्दै खेलमा दबाब बनाइरहे।

पछि सिनाले आफ्नो चर्चित ‘एटिच्युड एडजस्टमेन्ट’ प्रयोग गर्दै गन्थरलाई ‘स्लिपर सबमिसन होल्ड’मा बाँधे। तर, अन्तिम चरणमा गन्थरले पुनः ‘स्लिपर होल्ड’ लगाउँदा सिनाले अर्को ‘एटिच्युड एडजस्टमेन्ट’मार्फत त्यसको प्रतिकार गरे।

यद्यपि, गन्थरले फेरि सशक्त ‘स्लिपर होल्ड’ लगाएपछि अन्ततः सिनाले ‘ट्याप आउट’ गर्दै हार स्वीकारे। खेल समाप्त भएपछि ट्रिपल एच, कोडी रोड्स, सीएम पंक, शन माइकल्स, द मिज, एजे स्टाइल्सलगायत थुप्रै डब्यूडब्यूई खेलाडी रिङमा आएर सिनालाई बिदाइ गरे।

यससँगै, सिनाको डब्यूडब्यूई रिङभित्रको ऐतिहासिक यात्राले भावुक अन्त्य पाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलको एन्थम सार्वजनिक

एनकेएलको एन्थम सार्वजनिक

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

एनकेएलको एन्थम सार्वजनिक

एनकेएलको एन्थम सार्वजनिक

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार