इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

हिमालयन मनोज
रुकुम पूर्व । रुकुमकोटमा पहिलो पटक आयोजना गरिएको इन्डोर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगिताको सिनियर पुरुषतर्फ निरज मल्लले उपाधि जित्न सफल भए। यसैगरी नबिन पुन दोस्रो तथा सुशील श्रेष्ठ तेस्रो स्थानमा रहे।
सिनियर महिलातर्फ जेनिशा श्रेष्ठ प्रथम, सपना श्रेष्ठ दोस्रो र वर्षा रोका तेस्रो स्थान हासिल गर्न सफल भइन्।
सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यसैगरी प्रतियोगिताको जुनियर पुरुषतर्फ क्रिश विक्रम प्रथम, जेनिश श्रेष्ठ दोस्रो र मिकल नेपाली तेस्रो भएका छन्। जुनियर महिलातर्फ युनिका बिकले उपाधि जित्दा आयुष्मा रोका दोस्रो र सुईसान्मी रोका तेस्रो स्थानमा रहिन्।
जुनियरतर्फका विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको स्केटिङ खेलको विकास, प्रवर्द्धन तथा व्यवसायिकरणका लागि नेपालमा यस्ता प्रतियोगिताहरू आवश्यक रहेको संघका अध्यक्ष अच्युत खनालले जानकारी दिएका छन् ।









-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)


-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)
