एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
शुक्रबार, २६ मंसिर २०८२खेलपाटी संवाददाता
-1765539955299.jpeg&w=3840&q=75)
काठमाडौं। दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत जितेका छन् ।
स्वीकृत समूह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह चरणमा स्वीकृतले काजाकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरेका थिए ।
सेमिफाइनलमा स्वीकृतले फिलिफिन्सका खेलाडीलाई ३–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । फाइनलमा स्वीकृत चाइनिज ताइपेईंसंग २–३ ले चुके ।














-1765462956105.jpeg&w=3840&q=75)