गल्ती सुधार्ने लक्ष्यमा नेपाल
मंगलबार, १६ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। इन्डोनेसियामा जारी त्रिदेशीय महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता मंगलबार नेपाल गल्ती सुधार्ने लक्ष्यमा हुनेछ।
पहिलो खेलमा इन्डोनेसियासँग २–१ ले हार भोगेको नेपालले चाइनिज ताइपेइविरुद्ध खेल्न लागेको हो। यस पटक नेपाली टोलीको एप्रोच पहिलाभन्दा फरक छ।
फिनिसिङ, एक–टु–वन ब्लकिङ र अन्तिम पासमा देखिएका कमजोरी सुधार्दै ‘क्लिन गेम’ खेल्ने तयारी गरिएको मुख्य प्रशिक्षक नवीन न्यौपानेले बताए।
इन्डोनेसियाविरुद्ध नेपालले खेलमा अवसर बनाए पनि फिनिसिङमा चुकेको थियो। यही कारण आजको खेल नेपाली टोलीका लागि मौका सिर्जना मात्रै होइन, प्रभावकारी समाप्ति देखाउने मौका बनेको छ।
न्यौपानेका अनुसार समग्र खेल योजनामा ठूलो परिवर्तन छैन। तर, डिसिजन–मेकिङ र छिटो बल रोटेशनमा सुधार गरिएको छ।







-1764560243138-1764573362763.webp&w=3840&q=75)

-1764668485959.png&w=3840&q=75)

-1764662383271.webp&w=3840&q=75)



