काठमाडौं । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यकारी समितिको बैठक आज (बिहिबार) तोक्दैछ । प्रतियोगिताको मिति र खेल स्थलको अन्तिम टुङ्गो लगाउन राखेपले कार्यकारी समितिको बैठक आज आह्वान गरेको हो ।
मध्यपश्चिमले आठौ राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी लिए लगत्तै प्रतियोगिता मंसिर २१ देखि २८ सम्म गर्ने तय भएको थियो ।
तर सरकारले समयमै बजेट निकासा नगर्दा प्रतियोगिता निर्धारित मितिमा हुन सकेन । लगत्तै राखेपको बोर्ड बैठकले माघ २१ बट २८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पुर्वाधार निर्माणको काम समयमै सम्पन्न हुन नसकेपछि प्रतियोगिताको नया“ मिति तोक्न लागिएको हो । राखेप स्रोतका अनुसार फागुन मसान्तबाट चैतको पहिलो हप्तासम्म प्रतियोगिता आयोजनाको मिति तोक्ने तयारी छ ।
कार्यकारी समितिको बैठकले आठौ राष्ट्रिय खेलकुदको बजेटलाई समेत अन्तिम रुप दिनेछ । प्रतियोगिता सञ्चालनको विस्तृत अध्ययन गरेर बजेटलाई अन्तिम रुप लिने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले खेलपाटीलाई बताए ।
बैठकले प्रतियोगिता आयोजना गर्न गठित उपसमितिलाई पुर्णता समेत दिनेछ । राखेपले प्रतियोगिता सञ्चालनका लागि यसअघि विभिन्न उपसमिति गठन गरेको थियो ।
बैठकले प्रदेश छनोटको मितिको बिषयमा समेत आवश्यक निर्णय गर्नेछ । प्रतियोगिताको जिल्ला छनोट सम्पन्न भएपनि प्रदेश छनोटको बिषय अगाडी बढ्न सकेको छैन ।
यस्तै, ओलम्पिक टर्चलाई प्रदेश नम्बर एकबाट सातै प्रदेशमा लैजाने बिषयमा समेत बैठकले आवश्यक निर्णय गर्नेछ । ‘ओलम्पिक टर्चलाई सातौ राष्ट्रिय खेलकुदको आयोजना स्थल हुदै सबै प्रदेशसम्म पु¥याएर आठौको आयोजना स्थलसम्म लैजाने बिषयमा निर्णय हुन्छ ।’ प्रेस सल्लाहाकार दाहालले भने, ‘त्यसका लागि आवश्यक पर्ने बजेट र रुटको बिषयमा समेत छलफल हुनेछ ।’