बिहिबार, कार्तिक १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

बिहिबार, कार्तिक १४, २०८२खेलपाटी संवाददाता
मिलिन्द कुमार काठमान्डु गोर्खाजमा
Classic Tech Internet Ad

काठमाडौं । अमेरिकाका ब्याटर मिलिन्द कुमार आउदो सिजनको नेपाल प्रिमियर लिग क्रिकेटका लागि काठमान्डु गोर्खाजमा आवद्ध भएका छन् ।

काठमान्डु गोर्खाजले तेस्रो विदेशी खेलाडीको रुपमा ३४ वर्षे मिलिन्दलाई अनुबन्ध गरेको हो ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई भित्राइसकेको छ ।

मिलिन्द उत्कृष्ट लयमा रहेका छन् । दुबईमा भइरहेको नेपाल सम्मिलित विश्वकप लिग २ मा उनले नेपालविरुद्ध ५० बलमा ७० र यूएईविरुद्ध ८१ बलमा ७१ रन बनाएका थिए ।

‘मिलिन्दले अमेरिकी टोलीका लागि ठुलो सफलताका साथ आफ्नो भुमिका निर्वाह गर्दै आएका छन्, उनले ब्याटिङमा एकरुपता र संयमता देखाएका छन्,’ काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले भने, ‘फरक परिस्थिति र दबाबमा पनि खेल्न सक्ने उनको क्षमता उत्कृष्ट छ । उनलाई काठमान्डु गोर्खाज परिवारको हिस्साको रुपमा पाउदा हामी निकै उत्साहिछ छौं ।’

दिल्लीबाट उनले २०११ मा रणजी ट्रफीमा ‘डेब्यु’ गरेका थिए । त्यसपछि उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेले । मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए । २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेङलोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो । तर उनले आईपीएलमा खेल्न भने पाएका थिएनन् ।

२०२१ मा उनी माइनल लिग क्रिकेट हुदैं अमेरिकी क्रिकेटमा स्थापित भएका थिए । उनले पछिल्लो तीन सिजन अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेल्दै आएका छन् । नेदरल्यान्ड्सको द हेगमा क्यानडाविरुद्ध खेल्दै उनले अमेरिकाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । २०२५ को सेप्टेम्बरमा मिलिन्दले नामिबियाको विन्डहकमा नामिबियाविरुद्ध अविजित ७४ र यूएईविरुद्ध अविजित १५५ रन बनाएका थिए ।

यसै वर्षको मेमा उनले क्यानडाविरुद्ध अविजित ११५ र ओमानविरुद्ध ६८ रनको इनिङ्स खेलेका थिए, जसको कारण उनी आईसीसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए ।

हाल चलिरहेको विश्वपक लिग २ मा उनी सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा छन् ।

उनले २० खेलमा ५८ माथिको औषत र १०० माथिको स्ट्राइक रेटमा ८२३ रन बनाइसकेका छन्, जसमा २ शतक र ६ अर्धशतक समावेश छ । साथै उनको नाममा २७ विकेट पनि रहेको छ । मिलिन्दले सबै खाले ट्वान्टी–२० मा ९० खेल खेल्दै १६ सय भन्दा बढि रन बनाएका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३२ महिनापछि नेपालमाथि  युएईको मिठो बदला

३२ महिनापछि नेपालमाथि युएईको मिठो बदला

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक

३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक

Bajaj Pulsar Motorcycle Ad
सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

 समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

३२ महिनापछि नेपालमाथि  युएईको मिठो बदला

३२ महिनापछि नेपालमाथि युएईको मिठो बदला

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक

३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्