३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक
बिहिबार, कार्तिक १४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ३ वर्ष ७ महिनापछि एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन्।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शारजहा क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध भइरहेको खेलमा उनले शतक प्रहार गरेका हुन्।
उनको करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका गिए।
त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुन: आफ्नो ब्याटमार्फत शतक बनाएका हुन्।










-1761808270369.png&w=3840&q=75)


