बिहिबार, कार्तिक १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

बिहिबार, कार्तिक १४, २०८२खेलपाटी संवाददाता
सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी
Classic Tech Internet Ad

काठमाडौं। नेपालको फुटबल फेरि पनि उही पुरानो समस्यामा अल्झिएको छ—लिग नचल्नु, क्लबको असन्तुष्टि, आर्थिक संकट र व्यवस्थापनको कमी।

तर, बिहीबार खेलकुद मन्त्रालयमा मन्त्री बब्लु गुप्तासँग भएको छलफलमा देखिएको दृश्यले भने एउटा नयाँ प्रश्न उठाएको छ— के अखिल नेपाल फुटबल संघ (एन्फा) आफैं आफ्नो जिम्मेवारीबाट पन्छिँदै सरकारलाई दोष थोपर्दैछ?

लिग रोकिँदा दोषको खेल

एन्फा महासचिव किरण राईले मन्त्रालयमा गरिएको छलफलमा लामो भाषण दिए। उनले लिग ढिलो हुनुका कारण क्लबबीचको राजनीतिक द्वन्द्व, आर्थिक अभाव र सरकारी सहयोग नहुँनु बताए।

राईले भने, ‘पूर्वखेलकुद मन्त्रीलाई लिग गर्न ५ करोड माग गरेका थियौं। तर, ४० लाख रुपैयाँ दिनुभएको छ। त्यो रकम अपुग छ। अर्को कुरा फिफा र एएफसीबाट आउने रकम लिगमा खर्च गर्न मिल्दैन। त्यसैले बिना सरकारी सहयोग लिग सम्भव छैन।’

उनले ‘ए’ डिभिजनदेखि ‘सी’ डिभिजनसम्मका ढिलाइका कारणहरू क्लब र प्रणालीमा देखिए पनि मूल कारण सरकारले पर्याप्त स्रोत नदिएको बताए।

तर, एन्फा आफैंले गत दुई वर्षदेखि लिग सञ्चालनमा निरन्तरता दिन नसक्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दिँदै आएको २५ लाख सहयोग गुमाएको कुरामा उनी मौन रहे। चार महिनाअघि मात्र ‘बी’ डिभिजन सकिएको र अब ‘ए’ डिभिजन सुरु गर्न तयारी भइरहेको उनले बताए। तर, क्लबहरूले भने तयारीका लागि कम्तीमा १० महिना समय मागेको उनको जिकिर छ।

यो अवधिमा नेसनल लिग गर्ने वा शहीद स्मारक लिग गर्ने भन्नेमा पनि अझै अनिश्चितता छ। यति लामो ढिलाइको कारण बुझाउँदा एन्फा पदाधिकारीहरूले सरकार, कर प्रणाली, भिसा प्रक्रिया र रंगशालाको कमजोरीलाई मुख्य कारण रहेको दाबी गरे।

एन्फाका सीईओ तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले पनि आफ्नो धारणा राख्दै सरकारलाई नै दोष लगाए। ‘एक क्लब चलाउन डेढदेखि दुई करोड खर्च लाग्छ, तर सरकारले शून्य लगानी गर्छ,’ उनले भने, ‘हामी फिफा–एएफसीको सहयोगले मात्रै टिकेका छौं, तर त्यो रकम विकास परियोजनामा जान्छ, लिग सञ्चालनमा होइन।’

तुलाधारका अनुसार क्लबहरू अब ‘होम एन्ड अवे’ फर्म्याटमा लिग खेल्न चाहन्छन्। तर, त्यसका लागि १० वर्षे ग्राउन्ड लिज, कर छुट र भिसा प्रक्रिया सजिलो हुनुपर्ने माग राखिएको छ।

तर, उनी पनि अर्को पक्ष स्वीकार गर्छन्। क्लबहरूले आफैंले पनि १२ महिनासम्म खेलाडी व्यवस्थापन गर्न सकेका छैनन्। ‘मेरो क्लबसँग दुई वर्षदेखि पहिलो डिभिजनका खेलाडी छैनन्,’ उनले स्पष्ट रूपमा भने। यसको अर्थ क्लब र एन्फा दुवै संरचनात्मक रूपमा कमजोर छन्। यसको जिम्मेवारी दुवैले बाँड्नुपर्ने हो।

तुलाधारले रंगशालाको अवस्थालाई फुटबलको ठूलो अवरोधका रूपमा चित्रण गरे। ‘हाम्रो रंगशालामा जिम, जुडो र अन्य गतिविधि हुन्छन्। ब्रोडकास्टिङ रुममा जुडो हुन्छ,’ उनले भने।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

Bajaj Pulsar Motorcycle Ad
सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

 समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

३२ महिनापछि नेपालमाथि  युएईको मिठो बदला

३२ महिनापछि नेपालमाथि युएईको मिठो बदला

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक

३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्