मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो

शुक्रबार, २४ आश्विन २०८२Admin User
अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो
Loading ad...
mustang rice ad

काठमाडौं। श्रीलंकाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूलाई हटाएपछि नेपाल र अफगानिस्तान दुवै देशको फुटबल भाताभुंग भएको बताएका छन्।

एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत बिहीबार रेसकोर्स ग्राउन्डमा श्रीलंका र तुर्कमेनिस्तानबीच भएको खेलअघि उनले आफूलाई नेपाल र अफगानिस्तान दुवैमा मिडियाले निशाना बनाएर टिक्न नदिएको दाबी गरेका हुन्।

उनले भने,‘मलाई नेपाल र अफगानिस्तानमा पनि निशाना बनाए। तर, त्यसको असर मलाई भन्दा उनीहरूको फुटबलमा पर्‍यो। त्यसैले म श्रीलंकाली फ्यान र मिडियालाई खेलाडीहरूलाई विवादको बीचमा नपार्नुस् भन्न चाहन्छु। संघसँग समस्या छ भने संघसँग लड्नुस्, ओलम्पिक समितिसँग छ भने त्यहाँ बहस गर्नुस्।’

४३ वर्षीय कुवेतीली अल्मुताइरी झन्डै डेढ वर्ष नेपालको प्रशिक्षकमा रहे। सुरुमा कतार फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रो लाइसेन्स प्रशिक्षक र फुटबल विकासमा काम गर्नका लागि अल्मुताइरीलाई नेपाल पठाएको थियो। त्यसपछि अल्मुताइरी २०७७ चैतमा एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त भए।

अल्मुताइरी र एन्फाबीच २०७८ कात्तिकमा तीन वर्षको लागि नयाँ सम्झौता भएको थियो। दोस्रो पटक नेपालको प्रशिक्षकको रूपमा सम्झौता गर्नुअघि उनले २०७८ असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलअघि नेपाल नफर्कने घोषणा गरेका थिए र उतैबाट स्वदेश फर्किएका थिए।

तर, साफको ३८ वर्षे इतिहासमा नेपाललाई पहिलोपल्ट फाइनलमा पुर्‍याएर इतिहास रचेका उनलाई एन्फाका तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले भेटेर नेपाल फर्कन सहमत गराएका थिए। त्यसपछि कात्तिकमा नेपाल आएर तीन वर्षका लागि सम्झौता गर्दा उनले नेपाललाई सन् २०२७ को एएफसी एसियन कपमा पुर्‍याउने योजनासमेत सुनाएका थिए।

तर, २०७९ जेठमा कुवेतमै भएको एएफसी एसियन कप छनोट खेलेपछि अल्मुताइरी नेपाल फर्किएनन्। एसियन कप छनोटका दौरान मैदानमै ढलेका अल्मुताइरी बिरामी विदा लिएर आफ्नै देश कुवेतमा बसे। उनले यसबारे एन्फालाई जानकारीसमेत गराएका थिए।

एन्फाले भने ११ असोज २०७९ गते दशरथ रंगशालमा बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलका लागि प्रदिप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। हुमागाईँले अमेरिकाबाट नेपाल फर्केर टिम सम्हाले।

विवादको शृंखला

कुवेती प्रशिक्षक अल्मुताइरी नेपाली फुटबलका लागि नयाँ ऊर्जाका प्रतीकका रूपमा आएका थिए। आउँदा आउँदा नै आफ्नो पहिलो लक्ष्य नै नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याउने रहेको सुनाएका थिए। उनले त्यही अनुसार नै सफलता दिलाउँदै गए। तर, उनको यात्राले लामो बाटो तय नगर्दा नै विवाद र विभाजनको पर्याय बनेर समाप्त भयो।

सुरुमा कतार फुटबल संघको सहयोगमा फुटबल विकास विशेषज्ञको रूपमा नेपाल आएका उनी २०७७ चैतमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बने। त्यतिबेला नेपाली फुटबल स्थिर अवस्थाबाट गुज्रिरहेको थियो। एन्फा नयाँ सुरुआतको खोजमा थियो। अल्मुताइरीले पहिलो दिनदेखि आफूलाई सुधार र अनुशासनका अभियन्ता भनेर प्रस्तुत गरे। स्पष्ट लक्ष्य, कडा प्रशिक्षण र दीर्घकालीन योजना उनका मुख्य अजेन्डा थिए।

२०७८ कात्तिकमा उनले तीन वर्षका लागि पुनः सम्झौता गर्दा ठूलो आशा जाग्यो। उनले भनेका थिए, “मेरो लक्ष्य नेपाललाई तुरुन्त सफल बनाउनु होइन, स्थायी सुधारको बाटोमा लैजानु हो।” तर, समयले त्यो सपना टिक्न दिएन। २०७८ असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलअघि उनले नेपाल फर्कन अस्वीकार गरे र घरतिर लागे।

साफको ३८ वर्षे इतिहासमा नेपाललाई पहिलोपल्ट फाइनलमा पुर्‍याएका अल्मुताइरीको खुबी हिमालयन शेर्पा क्लबमा अध्यक्ष तथा तत्कालीन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले चिनिसकेका थिए। आफैंले ल्याएको प्रशिक्षकलाई उनी कुवेत नै पुगेर व्यक्तिगत पहलमा मनाएर फिर्ता ल्याए। कात्तिकमा उनले फेरि सम्झौता नवीकरण गरे र नयाँ योजनासहित काम सुरु गरे। तर, त्यो स्थायित्व धेरै लामो समय टिकेन।

२०७९ जेठमा कुवेतमा भएको एएफसी एसियन कप छनोटपछि उनी बिरामी परे र उपचारका लागि आफ्नै देश फर्किए। त्यसपछि उनी नेपाल फर्किएनन्। एन्फाले प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक तोक्यो र टिमको प्रशिक्षण अघि बढायो। यसबीचमा एन्फाभित्र प्रशिक्षकको भविष्यबारे अनिश्चितता बढ्दै गयो।

अल्मुताइरीको कार्यकाल विवादले भरिपूर्ण रह्यो। २०७८ साउनमा तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङसँगको झगडापछि उनले सार्वजनिक रूपमा राजीनामाको घोषणा गरे। काम गर्न नदिएको आरोप लगाए पनि उनले आधिकारिक रूपमा पत्र बुझाएनन्। त्यसपछि खेलाडीहरूसँगको विवादले झन् ठूलो रूप लियो।

एएफसी एसियन कप छनोट तयारीका क्रममा १० खेलाडीले विद्रोह गरेको घटना नेपाली फुटबलमा निकै चर्चित बन्यो। अल्मुताइरीले ससाना कुरामा पनि दबाब दिने गरेको भन्दै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट र सुजल श्रेष्ठले बन्द प्रशिक्षण बहिस्कार गरे। त्यतिखेर माल्दिभ्समा रहेका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले पनि सामाजिक सञ्जालमार्फत नै उनीहरूलाई साथ दिएका थिए। पछि किरणबाहेक सबैले संयुक्त पत्रकार सम्मेलन गरे।

उनीहरूले भनेका थिए,‘हामीलाई फ्यानसँग बोल्न पनि अनुमति हुँदैन थियो, फेसबुकमा फोटो हालेको विषयमा पनि प्रश्न गरिन्थ्यो। हेयरस्टायल र शरीरमा खोपेको ट्याटुमाथि प्रशिक्षकले अनावश्यक प्रश्न उठाउने गर्छन्। त्यसैले हामी मानसिक रूपमा दबाबमा थियौं।’

त्यसपछि एन्फाले भिक्टर राणाको संयोजकत्वमा समिति गठन गर्‍यो। २८ पृष्ठ लामो प्रतिवेदनमा एएफसी छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सिफारिस गर्‍यो। त्यो सिफारिसले एक कुरा स्पष्ट गर्‍यो— कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता दिँदै अल्मुताइरीको अध्याय नेपालमा अन्त्यतिर पुगेको थियो।

उनी ३८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याउने प्रशिक्षक बने, तर त्यो उपलब्धि पनि पछिल्ला विवाद र असहमतिको घेराले धुमिल भयो। उनी कडा स्वभावका थिए। आत्मविश्वासी र कहिलेकाहीँ जिद्दी पनि देखाउँथे। आफ्नो विचारमा अडिग रहने बानीका कारण उनी मिडिया, खेलाडी र संघसँग पटक–पटक ठोक्किनुपर्‍यो।

मिडियाले खेलाडीसँग अन्तर्वार्ता लिन नदिएको, समय सीमा छुट्टाएको र प्रशिक्षकले वेवास्था गरेको आरोप लगाइरहे। अझ सबैभन्दा ठूलो कुरा त अल्मुताइरीले आफ्नो टोली एसिया कपमा छनोट हुन नसक्ने भन्दै स्वीकार गरेको कुरालाई आलोचनात्मक तरिकाले लेखि नै रहे। त्यो सत्यतालाई उडाउँदा अल्मुताइरीमाथि खेलाडीले दबाबसम्म दिन थालेका थिए।

अहिले उनी श्रीलंकाको मुख्य प्रशिक्षकका रूपमा उस्तै व्यवहारिक पृष्ठभूमिमा छन्। त्यही आत्मविश्वास र फेरि मिडिया विवादको बीचमा। नेपाली मिडियासँगको झगडा र संघभित्रका कलहल जस्तै श्रीलंकामा पनि उनले पत्रकार सम्मेलनमै आलोचकहरूलाई चुनौती दिइरहनु परेको छ।

यद्यपि, अल्मुताइरी अहिले पनि नेपाल सम्झिरहन्छन्। उनी बेलाबेला नेपाली टोलीसँगको तस्बिर सामाजिक सञ्जालमा राखिरहन्छन्। हारमा कहिले पनि खेलाडीलाई दोष नदेखाउने उनी अहिले पनि श्रीलंकाली मिडियालाई भन्छन्,‘संघसँग समस्या छ भने संघसँग लड्नुस्, ओलम्पिक समितिसँग छ भने त्यहाँसँग बहस गर्नुस्। तर, खेलाडीहरूलाई सधैं सुरक्षित राख्नुस्। मनोबल गिराउने काम नगर्नुस्।’

श्रीलंका उकासिँदै, नेपाल झर्दै

अल्मुताइरीले छाडेपछि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो ऐनिस र अस्ट्रेलियन प्रशिक्षक म्याट रसले नेपाली टोली सम्हाले। एनेस सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

एनेसको प्रशिक्षणमा नेपालले १९ खेल खेल्दा ५ जित, ४ बराबरी र १० हारको नतिजा निकालेको थियो। अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोली सन् २०२३ मा भने समूह चरणबाटै बाहिरिएको थियो। अहिलेका प्रशिक्षक रसले पनि नेपाललाई सुखद् नतिजा दिलाउन सकेनन्।

उनको प्रशिक्षणमा वरीयतामा आफूभन्दा निकै तल रहेको लाओससँग एएफसी एसियन कप छनोट २०२७ मा नेपाल पहिलोपल्ट २–१ ले पराजित भएको थियो। बिहीबार नै भएको अर्को खेलमा भियतनामले ३–१ को हार चखाएको थियो। त्यसअघि मलेसियासँग पनि नेपाल २–० ले पराजित भएको थियो। छनोटमा नेपाल अंकविहीन छ।

उता, अल्मुताइरीको प्रशिक्षणमा रहेको श्रीलंकाले बिहीबार फिफा वरीयतामा ५९ स्थान माथि रहेको तुर्कमेनिस्तानलाई १–० ले हराएको थियो। तुर्कमेनिस्तान १३८ र श्रीलंका १९७औं स्थानमा छ। यसअघि श्रीलंकाले १७३औं स्थानको चाइनिज ताइपेईलाई ३–१ ले पराजित गरेको थियो।

यो जितसँगै श्रीलंका समूह ‘डी’ मा दोस्रो स्थानमा उक्लिएको छ। तीन खेलबाट दुई जितसहित उसले ६ अंक जोडेको छ। तुर्कमेनिस्तान भने समान तीन खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। तर, गोल अन्तरमा अगाडि छ।

त्यसै समूहमा थाइल्यान्ड र चाइनिज ताइपे क्रमशः तेस्रो र चौथो स्थानमा छन्। थाइल्यान्डको पनि समान ६ अंक रहँदा चाइनिज ताइपेई अंकविहीन छ। उनी श्रीलंका जानुअघि श्रीलंकाले पछिल्ला १० वर्षमा जम्मा ४ खेल जितेको थियो। तर, उनले टोली सम्हालेपछि १२ खेलमा ५ जित हासिल गरेका छ।

तर, पछिल्लो समय श्रीलंकामा पनि उनी मिडियाको निशानामा छन्। उनी भन्छन्,‘यदि तपाईंहरूले पछिल्ला १० वर्षमा कम्तीमा १० खेल जित्नुभएको छ भने मात्र मलाई सिकाउनुस्। मैले मिडियामाथि दोषारोपण गरें, तर मेरो गुनासो वास्तवमा सामाजिक सञ्जालसँग हो, यो मेरो गल्ती थियो। ती प्रशिक्षकले रणनीति र ट्याक्टिक्सबारे पनि बोलेका छन्, मानौं फुटबल पढाएर प्रशिक्षक बनाइरहेका हुन्। फुटबल कोचिङ सर्टिफिकेटले मात्र निर्धारित हुँदैन, सर्टिफिकेट भएका १ लाखभन्दा बढी प्रशिक्षक विश्वभर छन्। त्यसैले म ती सामाजिक सञ्जालका पण्डितहरूलाई सावधान हुन सल्लाह दिन्छु।’

नेपाल लगातार हार बेहोर्दा कुनै बेला नेपाली टोली सम्हालेका अल्मुताइरीको टोलीले भने सर्प्राइज जित निकालिरहेको छ। त्यसैले उनी आफ्नो पूर्वटोलीका बारेमा निरन्तर चिन्ता व्यक्त गर्दै आएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम