शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

२२ वर्षको पर्खाइ, नयाँ आशाको खेल

बिहिबार, २३ आश्विन २०८२Admin User
२२ वर्षको पर्खाइ, नयाँ आशाको खेल
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली फुटबलका लागि यो खेल कुनै साधारण प्रतिस्पर्धा होइन। यो २२ वर्षको लामो पर्खाइसँग जोडिएको अध्याय हो।

नेपालले पछिल्ला दुई दशकमा एसिया कप छनोटको यात्रा धेरैजसो निराशाजनक नतिजाले भरिएको देखेको छ। त्यसमा भियतानासँगको नतिजा पनि उस्तै छ।

अझ रोचक कुरा नेपालले भियतनामसँग अन्तिम पटक सामना गरेको बेला अहिलेका धेरै खेलाडी स्कुल पनि भर्ना भएका थिएनन्।

सन् २००३ मा एसिया कप छनोटअन्तर्गत नेपालले भियतनामसँग दुई खेल खेलेको थियो। पहिलो खेलमा नेपाल ५–० र दोस्रोमा २–० ले पराजित भएको थियो। त्यसपछि २२ वर्ष बितिसक्दा पनि नेपालले एसिया कप छनोटमा जितको स्वाद चाख्न सकेको छैन।

तर, यो पटक कथा फरक छ। एसिया कप २०२७ छनोटअन्तर्गत बिहीबार हुने भिडन्तमा नेपाल नयाँ पुस्ताका खेलाडीहरूसहित मैदानमा उत्रिँदैछ। म्याट रसको प्रशिक्षणमा रहेको टोलीले अब सहभागिताका लागि होइन, परिवर्तनको संकेत दिनका लागि खेल्ने लक्ष्य राखेको छ।

भियतनाम अहिले फिफा वरियतामा ९२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा। कागजमा फरक स्पष्ट छ, तर खेल मैदानमा वरीयताभन्दा बढी मन र मिहिनेत बोल्ने ठाउँ हुन्छ। यही कारणले यो खेल नेपाली टोलीका लागि अंकको होइन, आत्मविश्वास र पहिचान पुनःस्थापनाको पनि प्रतिस्पर्धा बन्न पुगेको छ।

रसले त्यही कुरा सुनाएका छन्। भियतनामको होचि मिन्हस्थित गो डाउ स्टेडियममा हुने प्रतिस्पर्धालाई उनले अवसरका रूपमा हेरेका छन्। यो खेल जितका लागि होइन भने कम्तीमा आत्मसिद्धिका लागि खेल्ने उनले बताएका छन्। उनी भन्छन्,‘हामीले लाओसविरुद्ध गल्ती गर्‍यौं, तर अब त्यसलाई सुधारमा रूपान्तरण गर्ने समय आएको छ।’

रसले स्वीकार्छन् प्रतिस्पर्धा कठिन छ, तर असम्भव भने होइन। उनका अनुसार यस्तो स्तरको प्रतियोगिता खेलाडीहरूका लागि चुनौती होइन, आफ्नो क्षमताको प्रमाण दिने ठाउँ हो। जुन ‘ग्लोबल स्टेज’मा देखाउन सकिन्छ। यस्तो ठूलो प्रतियोगितामा खेल्ने मौका हरेक खेलाडीका लागि जीवनकै एउटा सपना हो।

कप्तान किरण लिम्बूको स्वर पनि त्यत्तिकै आत्मविश्वासी छ। उनले भने, ‘हामीलाई थाहा छ, भियतनाम बलियो टिम हो। तर, हामी अब सहभागी हुन मात्र होइन, परिणामका लागि मैदानमा उत्रिएका छौं।’ किरणका लागि यो अर्को एक खेल मात्रै होइन विगतका निराशाहरूलाई चुनौती दिने क्षण हो।

त्यो मैदानमा भियतनाम पनि नयाँ सुरुआत गर्दैछ। दक्षिण कोरियाली प्रशिक्षक किम साङ–सिकले सात युवा खेलाडीलाई पहिलोपटक राष्ट्रिय टोलीमा मौका दिएका छन्। उनीहरूमध्ये धेरैले पछिल्लो यू–२३ एएफसी च्याम्पियनसिपमा खेलिसकेका छन्। उनका अनुसार टिममा अनुभव र ऊर्जाको सन्तुलन नै भविष्यको तयारीको आधार हो।

नेपाल पनि उस्तै मोडमा छ। पछिल्ला केही वर्षमा निरन्तर परिवर्तनको यात्रा चलिरहेको छ। प्रशिक्षक रसले सुमन श्रेष्ठ र सुवास बमजस्ता नयाँ पुस्ताका खेलाडीहरूलाई राष्ट्रिय टोलीमा समावेश गर्दै रणनीति र खेल शैली सुधार्ने प्रयास गरिरहेका छन्।

समूह ‘एफ’ मा मलेसिया दुई खेलबाट ६ अंकसहित शीर्षस्थानमा छ। भियतनाम र लाओस समान ३ अंकमा छन् र नेपाल अझै अंकविहीन छ। नेपालले समूहको पहिलो दुई खेलमा मलेसियासँग २-० र लाओससँग २-१ को हार भोगेको थियो। अबका खेलमा जित निकाल्न सकेमा मात्र नेपालको अगाडि बढ्ने पुग्ने सम्भावना कायम रहन्छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी