नेपालले टस हार्यो, सन्दीप बेन्चमा पनि अटाएनन्
शनिबार, असोज ११, २०८२Admin User

विश्वास थापा, शारजाह (युएई)। स्टार लेगस्पिनर सन्दीप लामिछानेबिनै नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको पहिलो टी-२० आई सिरिजमा उत्रिने भएको छ।
शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टेस्ट राष्ट्र वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले टस जितेर पहिला नेपाललाई ब्याटिङको निम्तो दिएका छन्। तर, मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीपलाई नखेलाउने निर्णय गरेका हुन्। उनी बेन्चमा समेत रहने छैनन्।
नेपाली टोलीको ओपनिङको जिम्मेवारी कुशल भुर्तेल र आसिफ शेखले नै पाएका छन्। कप्तान रोहितकुमार पौडेलसँगै कुशल मल्ल, सन्दीप जोरा, उपकप्तान दीपेन्द्रिसिंह ऐरी, गुल्सनकुमार झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललितनारायण राजवंशीले प्लेइङ ११ मा स्थान बनाएका छन्।
लोकेश बम, आरिफ शेख, शहब आलम र मोहम्मद आदिल अन्सारी बेन्चमा छन्।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

