प्रबोधनीको पुनरागमन
२०२५ सेप्टेम्बर १०, बुधबारAdmin User

काठमाडौं। श्रीलंकाली महिला टोलीमा अनुभवी बलर उदेशिका प्रबोधनीले पुनरागमन गरेकी छन्।
चोटका कारण करिब एक वर्षदेखि टोली बाहिर रहेकी उनलाई समेट्दै श्रीलंकाले आगामी आइसिसी महिला एकदिवसीय विश्वकपको लागि टोली घोषणा गरेको हो। पछिल्लो पटक गत वर्ष अक्टोबरमा उनले महिला टी–२० विश्वकपमा राष्ट्रको प्रतिनिधित्व गरेकी थिइन्।
यस्तै, उनले पछिल्लो पटक गत वर्षको अगस्टमा आर्यरल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट खेलेकी थिइन्।
विश्वकप सेप्टेम्बर ३० देखि भारत र श्रीलंकामा हुँदैछ।