हिमालयन शेर्पाको संघर्षपूर्ण जित
आइतबार, भदौ १५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। हिमालयन शेर्पा क्लबले एन्फा यु–१६ युथ लिगमा संघर्षपूर्ण जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा न्युरोट टिम (एनआरटी) विरुद्ध १–० को जित हात पारेको हो। हिमालयनलाई जित दिलाउन विष्णु सुनुवारले गरेको गोल निर्णायक बन्यो।
उनले खेलको १७औं मिनेटमा गोल गरेका थिए। जितसँगै १६ खेलमा १९ अंक जोडेको हिमालयन नवौं स्थानमा उक्लिएको छ । पराजित एनआरटी समान खेलबाट १६ अंकका साथ ११औं स्थानमा छ।















-1762303379429.webp&w=3840&q=75)