एपिएफको गोलपोस्ट अञ्जिलाले सम्हाल्ने
२०२५ अगस्ट २५, सोमबारखेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली एपिएफको गोलपोस्ट अञ्जिला तुम्बाप्पो सुब्बाले नै सम्हाल्ने भएकी छन्।
एफिएफले ९:१५ बजे एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको पहिलो खेलमा नसाफलाई चुनौती प्रस्तुत गर्दैछ।
अञ्जिला विदेशी लिगमा आबद्द भएको समयमा एपिएफले अर्को विभागीय क्लब त्रिभुवन आर्मीबाट गोलकिपर अञ्जना रानामगरलाई भित्र्याएको थियो।
अञ्जनाले उज्बेकिस्तानमै भएको एएफसी महिला एसियन कप छनोटमा अञ्जिलालाई वैकल्पिक खेलाडीको रूपमा बेञ्चमा राख्दै पहिलो रोजाइमा स्थान बनाएकी थिइन्। तर, एपिएफमा भने अञ्जिलाले अञ्जनालाई वैकल्पिक खेलाडीको रूपमा बेञ्चमा राखेकी छन्।