प्रीति इत्तिहादको सुरूआती ११ मा
२०२५ अगस्ट २५, सोमबारखेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राई अल इत्तिहादको सुरूआती ११ मै मैदान उभिने भएकी छन्।
इत्तिहादले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा सिंगापुरको लायन सिटीविरुद्धको खेल्दैछ।
यो खेल जोर्डनको अम्मानमा हुँदैछ। यो खेल इत्तिहादबाट प्रीतिको डेब्यु हुनेछ। इत्तिहाद लायनविरूद्व जित निकाल्दै आगामी चरणमा प्रवेश गर्ने लक्ष्य राखेको छ।
प्रीतिको मिडफिल्डबाट खेल्ने क्षमताले टोलीलाई बलियो बनाउने अपेक्षा गरिएको छ।