बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कीर्तिमानी शकिब

सोमबार, भदौ ९, २०८२खेलपाटी संवाददाता
कीर्तिमानी शकिब
Classic Tech Internet Ad

काठमाडौं। बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसन मैदानमा उत्रनेबित्तिकै कीर्तिमान आफैं पछि लाग्छन्।

आइतबार क्यारिबियन प्रिमियर लिग (सीपीएल) २०२५ मा एन्टिगुवा एन्ड बारबुडा फाल्कन्सका लागि खेल्दै उनले अर्को ठूलो कीर्तिमान आफ्नो नाममा थपेका छन्।

३८ वर्षीय शाकिब टी–२० क्रिकेटमा ७ हजार रन र ५०० विकेटको दोहोरो कीर्तिमान पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। यो उपलब्धि उनले फाल्कन्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेलमा प्राप्त गरेका हुन्।

खेलमा प्रवेश गर्दा शाकिबलाई एक विकेटको खाँचो थियो। उनले पाकिस्तानका मोहम्मद रिजवानलाई १५औं ओभरमा रिटर्न क्याचमार्फत आउट गर्दै ५०० विकेटको कीर्तिमान पूरा गरे। त्यसपछि आफ्नो अर्को ओभरमा दुई विकेट थप्दै काइल मायर्स र नवीन बिडाइसलाई आउट गरे। 

अन्ततः उनले ३–११ को उत्कृष्ट बलिङ फिगरसहित खेल समाप्त गरे र आफ्नो करियरमा कुल ५०२ विकेट पुर्‍याए। ५०० विकेटको कीर्तिमान हासिल गर्ने शाकिबभन्दा अघि राशिद खान (६६०), ड्वेन ब्राभो (६३१), सुनिल नारायण (५९०) र इमरान ताहिर (५५४) ले मात्रै यसअघि यो उपलब्धि हासिल गरेका थिए। 

तर, शाकिब विशेष छन्। उनी बलिङमा मात्रै सीमित छैनन्। उनले ७ हजार ५७४ रनको कीर्तिमान समेत पूरा गरेर टी–२० क्रिकेटमा यति ठूलो दोहोरो कीर्तिमान बनाएका हुन्। त्यसमा पनि उनी यो उपलब्धि हासिल गर्ने एकमात्र खेलाडी बनेका हुन्।

ब्राभो यस कीर्तिमाननजिक पुगेका थिए। उनको नाममा ६ हजार ९७० रन र ६३१ विकेट थियो। एन्ड्रे रस्सेल पनि यो कीर्तिमानतर्फ अघि बढिरहेका छन्, उनको नाममा ९ हजार ३६१ रन र ४८७ विकेट छ।

खेलमा शाकिबको बलिङले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई १३३/९ मा रोक्न मद्दत गर्‍यो। एन्टिगुवा एन्ड बारबुडा फाल्कन्सले निर्धारित १९.४ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। 

शाकिबले ब्याटिङमा पनि योगदान गरे। नम्बर ४ मा आएर १८ बलमा दुई छक्का र एक चौका प्रहार गर्दै २५ रन बनाए, तर स्टम्पमा आउट भए। उत्कृष्ट प्रदर्शनलाई ध्यानमा राख्दै उनलाई उत्कृष्ट खेलाडी घोषित गरियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सडकमा उत्रिँदै फुटबल खेलाडी !

सडकमा उत्रिँदै फुटबल खेलाडी !

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत