शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. चम्किएका भिनिसियस र एमबाप्पे

चम्किएका भिनिसियस र एमबाप्पे

२०२५ अगस्ट २५, सोमबारखेलपाटी संवाददाता

चम्किएका भिनिसियस र एमबाप्पे

काठमाडौं। रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सोले ला लिगाको खेलमा भिनिसियस जुनियरलाई बेन्चमा राखेर सुरुआत गरेका थिए। 

तर, दोस्रो हाफमा मैदान प्रवेश गरेपछि ब्राजिलियन स्टारले निर्णायक भूमिका खेले। उनले एक गोल बनाउन सहयोग गरे र अर्को गोल आफैं गरे। योसँगै मड्रिडले नवप्रवेशी ओभिएदोमाथि ३–० को सहज जित निकाल्यो।

फ्रान्सेली स्ट्राइकर किलियन एमप्पेले मड्रिडका लागि दुई गोल गरे। दुई खेलमै शतप्रतिशत जित हासिल गर्ने क्लबमध्ये मड्रिड पनि एक हो। तर, शीर्ष स्थान भने भिल्लारियलले हात पार्‍यो, जसले गिरोनामाथि ५–० को सानदार जित निकाल्यो।

अर्को खेलमा ओसासुनाले भ्यालेन्सियालाई १–० ले हरायो भने रियल सोसिडाडले दुई गोलले पछि परेको अवस्थाबाट फर्केर एस्पान्योलसँग २–२ को बराबरीमा रोक्यो।

भिनिसियसलाई सुरुआती रोजाइमा उनका ब्राजिलियन सहकर्मी रोड्रिगोले प्रतिस्थापन गरेका थिए। क्लब वर्ल्डकपको उद्घाटन खेलयता पहिलो पटक प्रतिस्पर्धात्मक खेल सुरु गरेका रोड्रिगोले पहिलो हाफमा केही अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेनन्। 

खेलको नियन्त्रण भने स्पष्ट रूपमा पाहुना टोली मड्रिडकै हातमा थियो। तर, अग्रता भने अर्को स्टार एमबाप्पेले दिलाए। खेलको ३७औं मिनेटमा आर्दा गुलरको पासलाई सुन्दर रूपमा नियन्त्रण गर्दै उनले फर्केर फिनिस गरे र बललाई टाढाको कुनामा पठाए।

पहिलो हाफमा मड्रिडले १७ प्रहार गरेको थियो भने ओभिएदोले मात्र एक। त्यसैले अर्को गोल आउनु स्वभाविक थियो। भयो पनि त्यस्तै। ६३औं मिनेटमा रोड्रिगोलाई मैदान छाडेर भिनिसियस भित्रिएपछि गोल निस्कियो। 

खेलको ८३औं मिनेटमा उनले बीच मैदानमै बल खोसेर एमप्पेलाई पास दिए, जसले लो शट प्रहार गर्दै दोस्रो गोल गरे। इन्जुरी समयमा भने भिनिसियसले आफैं गोल गरे। काउन्टर अट्याकमा उनले अवसर पाउँदै सहज फिनिस गर्दै स्कोरलाई ३–० मा पुर्‍याए।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’