आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. बंगलादेशलाई हराउने लक्ष्यमा नेपाल

बंगलादेशलाई हराउने लक्ष्यमा नेपाल

२०२५ अगस्ट २४, आइतबारखेलपाटी संवाददाता

बंगलादेशलाई हराउने लक्ष्यमा नेपाल

काठमाडौं। साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालको नजर अब आइतबार हुने अर्को ठूलो खेलतर्फ केन्द्रित छ। त्यो खेल हो, बंगलादेशविरुद्ध।

दुईपल्टको विजेता र तीनपल्टको उपविजेता बंगलादेश उमेरसमूहको प्रतियोगितामा बलियो टोली हो। 

इतिहासले पनि यो तथ्यलाई प्रमाणित गर्छ। नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका ६ भेटमा चारपटक बंगलादेशले जित निकालिसकेको छ। नेपालले मात्र एकपटक जित हात पारेको छ भने अर्को खेल बराबरीमा टुंगिएको छ। यही कारण नेपालका लागि यो खेल सामान्य छैन।

नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठ अहिले यही खेललाई ध्यानमा राखेर तयारीमा जुटिरहेका छन्। भुटानसँगको खेलपछि उनले भनेका थिए,‘हामीले डिफेन्स कसरी व्यवस्थित गर्ने भन्ने विषयमा विशेष ट्रेनिङ गर्नेछौं। नानीहरूलाई त्यसैअनुसार सिकाउने तयारी छ।’

उनको आवाजमा सावधानी मिसिएको छ। कारण स्पष्ट छ, बंगलादेशको फरवार्ड लाइन अहिले दक्षिण एसियामै उत्कृष्ट मानिन्छ। पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको टोलीले भारतलाई समेत बलियो चुनौती दिएको थियो। यद्यपि, अन्ततः २–० ले पराजित भए।

नेपालले भने यसअघि च्याम्पियनसिपको सुरुआत निराशाजनक ढंगले गरेको थियो। पहिलो खेलमा भारतविरुद्ध ७–० को हारले सम्पूर्ण टोलीको आत्मबलमा धक्का पुर्‍यायो। हारको पीडा खेलाडीहरूको अनुहारमै झल्किएको थियो। तर, दोस्रो खेलमा भुटानमाथि २–१ को जितले त्यो पीडालाई केही हदसम्म कम गरेर आत्मविश्वास फर्काइदिएको छ। 

खेलपछि ड्रेसिङ रुममा हाँसो सुन्न सकिएको थियो, जुन भारतविरुद्धको खेलपछि हराएको जस्तो भएको थियो। तर, भुटानविरुद्धको जितले मात्रै सुरक्षित महसुस गर्न सकिँदैन। 

प्रशिक्षक श्रेष्ठ भन्छन्,‘भारतविरुद्ध हारपछि हामीले टोलीलाई मनोवैज्ञानिक रूपमा उठ्न धेरै मिहिनत गर्नुपर्‍यो। भुटानविरुद्धको नतिजाले आत्मबल बढाएको छ तर वास्तविक परीक्षा अझै बाँकी छ।’

नेपालका खेलाडीहरू पनि अब सजग छन्। उनीहरूलाई थाहा छ, बंगलादेशसँग खेल्दा एक क्षणको ध्यान भंगले गोल खानु पर्ने सम्भावना हुन्छ। साफ महिला यु-२० च्याम्पियनसिपमा पनि त्यस्तै हुँदा नेपालले ३-२ को हार बेहोर्न परेको थियो। त्यसैले मैदानमा संवाद र एकअर्कासँगको सहकार्यलाई प्राथमिकता दिनुपर्नेछ। डिफेन्समा गल्ती नगर्ने दबाब छ भने आक्रमणमा भेटिएका अवसरलाई गुमाउने ठाउँ छैन।

अबको खेल नेपालका लागि अंकको मात्र होइन, आत्मसम्मानको पनि लडाइँ हुनेछ। पहिलो खेलमा भारतसँगको ठूलो हारले आलोचना खेपिसकेको टोलीले भुटानविरुद्ध जित निकालेपछि आशा जगाएको छ। त्यो आशालाई बंगलादेशविरुद्ध टिकाइराख्न सक्ने हो भने नेपाली टोलीले प्रतियोगितामा नयाँ मोड दिन सक्छ।

यो खेलले इतिहासलाई उल्टाउने सम्भावना बोकेको छ। नेपाललाई अझै सजिलो छैन, तर प्रशिक्षक र खेलाडीहरूको लक्ष्य एउटै दिशातर्फ छन्—बंगलादेशलाई जसरी पनि हराउनै पर्छ।

स्ट्राइकर यमकुमारी विक यसमा कुनै कसर बाँकी नराख्ने बताउँछिन्।  उनी भन्छिन्,‘हामी अबका खेलमा जित निकाल्नेछौं। त्यसका लागि अझै धेरै मिहिनेत गर्छौं।’

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’