शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !

बिहिबार, ०५ भाद्र २०८२खेलपाटी संवाददाता
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)मा आबद्ध २३ खेल संघले ओलम्पिक भवनमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर शक्ति प्रर्दशन गरेका छन् । 

सरकारले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको निर्वाचनलाई अवैधानिक भन्दै खारेज गरेपछि ओलम्पिकमा आबद्ध २३ खेल संघका पदाधिकारी एक ठाउँमा उभिएर शक्ति प्रर्दशन गरेका हुन् ।

ललितपुरको सातदोबोटोस्थित ओलम्पिक भवनको सभा हल मंगलबार खेल संघका पदाधिकारीको उपस्तिथीले भरिभराउ थियो । नेपाल ओलम्पिक कमिटीका मानार्थ तथा पूर्व अध्यक्ष धुव्रबहादुर प्रधानले नेतृत्व गरेको तदर्थ कमिटीमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री रहेका एथलेटिक्स संघका अध्यक्ष राजीवबिक्रम शाह सहित विभिन्न खेल संघका पदाधिकारीहरुको बाक्लो उपस्तिथी देखिन्थ्यो । 

सबैलाई आश्चार्यमा पार्दै तदर्थ कमिटीको नेतृत्व गर्न आईपुगेका धुव्रबहादुर प्रधानप्रति धेरै सञ्चारकर्मीहरुको जिज्ञाशा देखिन्थ्यो । अधिकांशले प्रधानको उपस्थिती र अन्तराष्ट्रिय मान्यताको सन्दर्भमा पूर्व अध्यक्ष प्रधानसँग प्रश्न राखेका थिए । कुनै समय सरकारसँग लडेर ओलम्पिक अभियानलाई नेपालमा स्थापित गरेका प्रधान पुन किन विवादीत ओलम्पिकको नेतृत्व गर्न आईपुगे भनेर धेरैले चासोका साथ हेरेका थिए ।

सर्वप्रथम प्रधानले कुनै एक ब्यक्तिको स्वार्थ र नियतले नेपाल ओलम्पिक कमिटीमा विवाद खडा गरेको उल्लेख गर्दैै अन्तराष्ट्रिय अभ्यासका आधारमा नेपालको ओलम्पिक अभियानलाई पुन ट्रयाकमा ल्याउन आफु नेतृत्वका लागि तयार भएको प्रष्टिकरण दिए । साथै उनले नेतृत्व लिन सबै खेल संघका पदाधिकारीले गरेको दबाबमुलक अनुरोधलाई समेत नकार्न नसकिएको उल्लेख गरे ।

दोस्रो बिषय तदर्थ कमिटीले आफुहरु कुनै नयाँ ओलम्पिक कमिटी नभएको जिकिर गर्दै आईओसीबाट मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीनै आफुहरु रहेको दाबी गरेको छ । ओलम्पिक कुनै एक ब्यक्ति वा गुटको लहडबाजमा चल्न नहुने उल्लेख गर्दै तदर्थ कमिटीले जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीविरुद्ध कानुनी रुपमै प्रतिवाद गर्ने जनाएको छ । त्यसैमा प्रधानले आफु पार नलाग्ने काममा दौडने स्वभाव नरहेको दाबी गर्दै तदर्थ कमिटीको अभियानलाई निष्कर्शमै पुर्याएर छाड्ने उल्लेख गरेका छन् । 

मंगलबार तदर्थ कमिटीले ९ सदस्यीय तदर्थ कार्यसमिति र चार उप समिति सार्वजनीक गरेको छ । कार्यसमितिले अन्तराष्ट्रिय निकायसँग समन्वय गर्दै विधि विधान अनुसार निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले निर्वाचनमार्फत नेपाल ओलम्पिकको नयाँ नेतृत्व चयन गरिने जानकारी दिएको छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा