शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  

बिहिबार, ०५ भाद्र २०८२खेलपाटी संवाददाता
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीले मंगलबार ओलम्पिक भवन सातदोबाटोमा पत्रकार सम्मेलन राखेको छ । 

ओलम्पिकमा आबद्ध २३ भन्दा बढी संघ मिलेर बनाएको तदर्थ कमिटीले ओलम्पिक भवनमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी रोडम्यापको बिषयमा जानकारी दिन लागेका हुन् ।

पत्रकार सम्मेलन मंगलबार दिउँसो २ बजे ओलम्पिक भवन ललितपुर सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा राखिएको छ । 

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषदले आईतबार मात्र ओलम्पिक भवनमा लागेको ताला खोलेर तदर्थ कमिटीलाई साँचो हस्तान्तरण गरेको थियो ।

परिषद्को १ सय १९ औं बोर्ड बैठकले जीवनराम श्रेष्ठले गराएको निर्वाचनलाई अवैधानिक र गैरकानुनी भन्दै सो निर्वाचनलाई खारेज गरेको थियो । सरकारले ओलम्पिक निर्वाचनलाई खारेज गरेपछि ओलम्पिकमा आबद्ध २३ खेल संघले तदर्थ कमिटी बनाएर ओलम्पिक अभियानलाई अघि बढाउने तयारी गरेका हुन् ।

पत्रकार सम्मेलनबाट तदर्थ कमिटीका बाँकी सदस्यको नामावली समेत सार्वजनीक गर्ने तयारी छ । संयोजकमा नेपाल ओलम्पिकका पूर्व अध्यक्ष धुव्रबहादुर प्रधान र प्रवक्तामा समिम मियाँ अन्सारीको नाम सार्वजनीक गरेको तदर्थ कमिटीले ९ सदस्यीय टिममा बाँकीको नाम सार्वजनीक गरेको थिएन ।

स्रोतका अनुसार ओलम्पिकका पूर्व उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, एथलेटिक्सका राजीव बिक्रम शाह, घोडचढीका रविराज राजकर्णिकार, पुष्पदास श्रेष्ठ लगायतलाई कमिटीका सदस्यहरुमा समावेश गरिएको छ । 

ओलम्पिकको विवादीत निर्वाचनमा अदालतको निर्णय आउन बाँकी छ । अदालतको विषयमा क्लियर नभएसम्म ओलम्पिक निर्वाचनमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीले प्रतिक्रिया दिन अस्विकार गर्दै आएको थियो । अदालतको आदेश र सरकारको निर्देशनलाई बेवास्ता गर्दै जीवनराम श्रेष्ठले ओलम्पिकको निर्वाचनबाट आफुलाई अध्यक्षमा घोषणा गरेपछि ओलम्पिक विवाद उत्कर्षमा छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा